+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

मानवअधिकारको संरक्षण र सम्बद्र्धनका लागी संचारकर्मीको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

3 वर्ष पहिले प्रकाशित

रश्मि पटेल, रौतहट
रौतहट, असार १ गते । मानवअधिकारको संरक्षण र सम्बद्र्धनका लागी संचारकर्मीको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम नेपालपत्रकार महासंघ रौतहट शाखाको सभाकक्षमा सम्पन्न भएको छ ।
सो कार्यक्रमलाई ब्यनर पढेर नेपालपत्रकार महासंघ मधेश प्रदेशकाकार्य समिति सदस्य शैलेन्द्र झाले उदघाटन गर्दै मानवअधिकारको हनन राज्यपक्षका निकाय द्धारा हुने गरेको बताए ।
१० दिसेम्बर १९४८ मामानव अधिकारको विश्व व्यापी घोषणा पत्रमाजारी भएको स्मरण गराउदै मानव अधिकारको रक्षा , गाँस वास कपासको व्यवस्था सहित स्वास्थ्यशिक्षाको ग्यारेटी तथा सबैलाई सम्मान रुपले बाच्नपाउने अधिकार हुने उल्लेख भएपनि राज्यका सम्बन्धित निकायले पुर्वाग्रही , इश्र्या, भेदभाव ,आर्थिक प्रलोभनमा कार्य गर्दै आएकोले मानवअधिकारको हननभइ रहेको मधेश प्रदेश सदस्य झा ले बताए ।
संचारकर्मीले आआफनो तहबाट पिडितको समस्यालाई उजागर गर्दै आएको खण्डमा राज्यका निकायले कहिले काही दुःख दिने नियतले पत्रकारलाई झुठा मुद्धामा फसाउने गरेको प्रति दुःख व्यतm गरे ।
मानवअधिकार हननका पुष्टि गर्ने निकाय राज्यपक्षका निकाय नै रहेकोले जो झाक्री उही बोक्सी उखानले पुष्टि गरेको उनले बताए ।
मानवअधिकार वादीहरुले समयमा प्रतिवेदन सार्वजनिक नगरेको कारण जनमानस मा मानवअधिकारवादी प्रतिको विश्वास घटदै गएको मधेश प्रदेश सदस्यझाले अवगत गराए का थिए ।
अधिकारवादीले तुरुन्त घटेको घटनाको प्रतिवेदन सार्वजनिक गरे जनमानसमा विश्वासको वातावरण हुने झाले बताए ।
मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएपनि राजाशासनकै पाला देखि आएको कामकारवाई हुनेको स्पष्ट धारण राखेका थिए ।
यस अन्तरक्रिया कार्यक्रम मा नागरिक समाज , शिक्षक , वकिल , समाजका भद्रभलादमी , सुरक्षाकर्मी लगायतको सहभागिता गराएको भए अझ प्रभावकारी हुने थियो भने सुझाव समेत मधेश प्रदेश सदस्यझाले दिएका थिए ।
नेपालपत्रकार महासंघ रौतहट शाखाकाअध्यक्ष प्रेमचन्द्र झाको अध्यक्षता इन्सेका केन्द्रिय सदस्य शेष मुकसुद , अनोपचारिक क्षेत्र सेवा केन्द्र जनकपुरका प्रमुख राजु पासवान ,नेपालपत्रकार महासघका पुर्व अध्यक्ष रविन्द्र प्रसादशाह , महासघका उपाध्यक्ष प्रवीण शर्मा ,कोषाध्यक्षधर्मेन्द्र शाहपुर्व उपाध्यक्ष जय प्रकाश यादव , प्रेस मञचका अध्यक्ष किशोरी यादव ,मधेश पत्रकार महासघका दिनेश यादव ,पत्रकार राजु श्रीवास्तव लगायतका वतmाहरुले आ–आफनो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

राप्रपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

रामेछाप । विभिन्न ६ बुँदे माग राखेर राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापले मंगलबार रामेछापका प्रमुख जिल्ला अधि..

3 घन्टा पहिले

रामेछापका शिक्षकले दिए केन्द्राध्यक्षको जिम्मेवारी पु..

रामेछाप । कक्षा १२ को परिक्षाका लागि खटाइएका रामेछापका १३ जना केन्द्राध्यक्षहरुले मंगलबार शिक्षा विकास तथा समन..

3 घन्टा पहिले

व्यवसाय क्षेत्रमा प्रयोग हुने यन्त्रउपकरणको परिक्षण शु..

रामेछाप । रामेछापमा संचालन रहेका विभिन्न व्यवसायहरुमा प्रयोग हुने ढक, तराजु, मिटर र लिटरको परिक्षण गर्ने कार्य म..

7 घन्टा पहिले

कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा माल्यार्पण

रामेछाप । नेपाल कम्यूनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर नेकपा एमाले रामेछापले मंगलबार शहीद गंगालाल श्रेष..

10 घन्टा पहिले

भीरपानीमा कार दुर्घटना, यात्रु सकुशल

रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिका ३ भिरपानीमा मंगलबार विहान रामेछापबाट विदेशी पर्यटकहरु लिएर काठमाडौं ..

11 घन्टा पहिले