+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

समृद्धि र विकासका लागि समन्वय र सहकार्य आवश्यक ः मुख्यमन्त्री राउत

3 वर्ष पहिले प्रकाशित

कमल साह
बर्दिवास, जेठ २७ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको समृद्धि र विकासको लागी तीनै तहका सरकार बीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भएको छ ।
प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र मधेश प्रदेशद्वारा महोत्तरीको बर्दिवासमा आयोजित स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुको लागी अभिमुखीकरण कार्यक्रममा मुख्यमन्त्री राउतले विकास गर्ने थलो स्थानीय तह नै रहेको हुनाले तीनै तह विच समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नु भयो ,‘ मधेशलाई समृद्ध बनाउन गरिने विकास निर्माणको कार्यहरु स्थानीय तह मातहत कै गाँउ ठाउँमा गर्नु पर्दछ, स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले गर्ने विकास निर्माण त्यही ठाँउमा गर्नु पर्ने हुन्छ । तसर्थ तीनै तहको समन्वय र सहकार्य विना समृद्धि र विकास सम्भव छैन ।
मुख्यमन्त्री राउतले स्थानीय सरकारहरुले ल्याउने विकास निर्माणको योजनाहरुमा काँधमा काँध मिलाएर अघि बढन प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख समेत गर्नु भयो ।
सरकार संचालन तथा विकास निर्माण संग सम्बन्धित विषयमा आयोजित अभिमुखी करण कार्यक्रममा उहाँले स्थानीय तहका नवनिर्वाचित प्रतिनिधिहरुलाई कानून प्रक्रियाहरु बारे अवगत हुन आग्रह समेत गर्नु भयो ।
विगतमा संघीय सरकारले कर्मचारी समायोजन तथा वितिय बाँडफाँडमा गरेको विभेदका कारण स्थानीय तहलाई विभिन्न समस्याहरु झेल्नु परेको अवगत गराउनु हुँदै उहाँले अवको दिनमा सुधार गर्न संघीय सरकार संग आग्रह समेत गर्नु भयो ।
मधेश सरकारका प्रमुख सचिव कृष्ण बहादुर राउतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संघीय मन्त्रालयका सचिव लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रममा धनुषा र पर्सा बाहेक ६ जिल्ला स्थित स्थानीय तहका प्रमुख , उपप्रमुख , अध्यक्ष र उपाध्यक्ष हरुको सहभागिता रहेको छ । प्रशिक्षण तीन दिन सम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

राप्रपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

रामेछाप । विभिन्न ६ बुँदे माग राखेर राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापले मंगलबार रामेछापका प्रमुख जिल्ला अधि..

6 घन्टा पहिले

रामेछापका शिक्षकले दिए केन्द्राध्यक्षको जिम्मेवारी पु..

रामेछाप । कक्षा १२ को परिक्षाका लागि खटाइएका रामेछापका १३ जना केन्द्राध्यक्षहरुले मंगलबार शिक्षा विकास तथा समन..

6 घन्टा पहिले

व्यवसाय क्षेत्रमा प्रयोग हुने यन्त्रउपकरणको परिक्षण शु..

रामेछाप । रामेछापमा संचालन रहेका विभिन्न व्यवसायहरुमा प्रयोग हुने ढक, तराजु, मिटर र लिटरको परिक्षण गर्ने कार्य म..

10 घन्टा पहिले

कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा माल्यार्पण

रामेछाप । नेपाल कम्यूनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर नेकपा एमाले रामेछापले मंगलबार शहीद गंगालाल श्रेष..

13 घन्टा पहिले

भीरपानीमा कार दुर्घटना, यात्रु सकुशल

रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिका ३ भिरपानीमा मंगलबार विहान रामेछापबाट विदेशी पर्यटकहरु लिएर काठमाडौं ..

14 घन्टा पहिले