रंजित चौरसिया, पर्सा,
पर्सा, माघ ४ गते । वीरगंज महानगरपालिका वडा नं. १४ ठुलो पिपरामा स्थानियहरु बाटोमै निर्माण सामग्री राख्दा सवारीसाधनहरु आवत जावतमा समस्या भएको स्थानियहरुले गुनासो गरेका छन् ।
घर निर्माणको लागि चाहिने निर्माण सामग्रीहरु बाटौमै लामो समय सम्म राख्ने गर्दा सर्वसाधारणहरुलाई समस्या हुने गरेको छ । बाटोमै निर्माण सामग्री राख्दा सवारी साधनहरुलाई आउने जाने बाटो छोडेर वडा कार्यालय, महानगरपालिका वा सम्बन्धित निकाय संग स्विकृति लिएर मात्र राख्नु पर्ने हो । तर ठुलो पिपरामा बिगत एक हप्ता देखि बाटोमै बिना स्विकृति निर्माण सामग्री राखेकोमा न त वडा कार्यालय, न त नगरपालिकाले नै वास्ता गर्ने गरेको दुःखेसो वडावासीहरुको रहेको छ ।
रातीको समयमा अत्यावश्यक एम्बुलेन्स वा बारुण यन्त्र लानु परेमा सहजै जान आउने अवस्था न रहेको स्थानिय युवा समाजसेवी बिनेश पटेलले गुनासो गर्नु भयो । बाटोमै निमार्ण सामग्री राख्दा दुर्घटनाको सम्भावना पनि त्यतिकै रहेको छ तर सोलाई हटाउन सम्बन्धित निकायलाई जानकारी गराउदा पनि कुनै पनि निकायले ध्यान नदिएको गुनासो पटेलले गर्नु भयो ।
१५ फिटको बाटोमा करिब १० फिट सम्म बालुवा, गिटी, फलामको ठण्डीहरु राखिएकोले एउटा अटो वा ई–रिक्सा समेत आउन जान समस्या भईरहेको स्थानिय जायेद हुसैनले गुनासो गर्नु भयो । घर निर्माण गर्ने व्यक्तिलाई बाटोमै निर्माण सामग्री लामो समय सम्म किन राख्नु भयो भनेर वडावासीहरुले हटाउनको लागि आग्रह गरे पनि हटाउनमा आलटाल गर्ने गरेको गुनासो गरेका छन् ।
यसैगरी बाटौमै टेम्पु, टयाक्टर लगायतका सवारीसाधनहरु समेत राख्ने गरेका छन् । यस्ता सवारी साधनहरु हटाउनका लागि बारम्बार आग्रह गरे पनि अटेरी गरिरहेको स्थानियहरुले गुनासो गरेका छन् ।
यस सम्बन्धमा वडा कार्यालय, महानगरपालिका, ट्राफिक प्रहरीहरुको समयमै ध्यान जान जरुरी देखिएको छ । नत्र कुनै पनि बेला अप्रिय घटना हुन सक्ने देखिएकोले वडावासीहरु चिन्तित बनेका छन् ।
बाटोमै निर्माण सामग्री तथा सवारी साधनहरु राख्दा वडावासीहरुलाई समस्या
6 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
सुनापतिमा सार्वजनिक सुनुवाई
रामेछाप । रामेछापको सुनापति गाउँपालिकामा आर्थिक बर्ष २०८२।०८३ को तेश्रो चौमासिक सुनुवाई कार्यक्रम सम्पन्न भएक..
1 दिन पहिले
रामेछापमा पशुपतिनाथ मन्दिरको उद्घाटन
रामेछाप । रामेछाप नगरपालिका ८ मा पुननिर्माण गरिएको पशुपतिनाथ मन्दिरको बुधबार उद्घाटन गरिएको छ । गौरीशंकर मावि न..
1 दिन पहिले
निर्माण थालेको ७ बर्षमा शितभण्डारको बल्ल परिक्षण संचाल..
रामेछाप – जिल्लामा उत्पादित फलफुल तथा तरकारीहरु सुरक्षित राख्न रामेछापको सदरमुकाम मन्थली नगरपालिका १ सानीमदौ..
2 दिन पहिले
साउन देखि रामेछापमा कृषि र पशुपंक्षि सम्बन्धि काम गर्ने ..
रामेछाप । बागमति प्रदेश सरकारले रामेछाप जिल्लामा पशुपंक्षिको क्षेत्रको समेत काम गर्ने गरी कृषि विकास कार्यालयल..
2 दिन पहिले
सरकारले बिपी पार्क निर्माणका लागि बजेट दिएन, अधुरै अवस्थ..
सिन्धुली । सरकारले प्राथमिकताका साथ निर्माण थालेको विपी पार्क अधुरै अवस्थामा गाउँपालिकालाई हस्तान्तरणको तयार..
3 दिन पहिले
संवाददाता
