कमल साह
जनकपुरधाम,जेष्ठ १८ गते । रामजानकी दुलहा भगवान बेला कुटीको अतिक्रमित जमिन खालिगराउन जनकपुरधाम उमनापा–२३ वाडा कार्यालय सक्रियता बढाएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वार्ड नं.– २३ ले जेष्ठ १६ गते तीनवटा छुट्टा–छुट्टै पत्र काटेको छ । त्यसमा एउटा जिल्ला प्रशासन कार्यालय धनुषा, नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जनकपुर र तेश्रो बेलाकुटी अन्तर्गतको जमिन अतिक्रमण गरेर घर बनाउनेहरुको नाउमा रहेछन् ।
तीनवटै पत्र जेष्ठ १६ गते जनकपुरधाम–२३ का वडाध्यक्ष राघवेन्द्र प्रसाद साह को हस्ताक्षर भएको छ । स्थानियको भनाई अनुसार बेलाकुटी झण्डै ७ विगहा जमिन अतिक्रमण भएको छ । सो जग्ग्गा अति बहुमुल्य रहेको छ ।
प्रकाशित पत्र अनुसार साबिक बिन्धी गाउँ पालिका–२ र हाल जनकपुरधाम– २३ अवस्थित रामजानकी दुलहा भगवान बेला निकास कुटी(बेलाकुटी) को जग्गामा अतिक्रमण गरि बनाईएको घर, टहराहरु गत जेष्ठ १३ गते हजारौंको संख्यामा वडाबासिहरु पुगेर २ वटा घर भक्तउन लाग्दा अतिक्रमणकारीहरु द्वारा ढुंगा मुढा गरिएको छ । त्यसले एक स्थानियको टाउको समेत फुटेको उल्लेख गर्दै अतिक्रमणकारीहरुले कब्जा जमाईरहेको खाली जग्गामा घर निर्माण तिब्रगतीले भईरहेको ले शान्ति सुरक्षा कायम गरि उक्त अबैध निर्माण कार्य यथासिघ्र रोकाई दिन जिल्ला प्रशासन कार्यालय संग अनुरोध गरिएको छ ।्
त्यस्तै अर्को पत्र बेलाकुटीको जग्गामा अबैधतरीकाबाट घर,टहरा बनाउनेहरुको नाउमा १५ दिने सार्वजनिक सूचना काटिएको छ । त्यस पत्रमा बेलाकुटीको जग्गा अतिक्रमण गरि घर,टहरा बनाउनेहरुले १५ दिन भित्रमा खाली गरिदिनको लागि भनिएको छ । साथै केहि कसैसंग प्रमाण छ भने ७ (सात) दिन भित्र सबै प्रमाणसहित वडा कार्यालयमा बुझाउन भनिएको छ । तोकिएको समय भित्र कागज नबुझाउने बारेमा कार्यालय जबाफदेखि नहुने पत्रमा उल्लेखित रहेको छ ।
तेश्रोपत्र नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्र को नाउमा लेखिएको छ । सो पत्रमा बेलाकुटीको जग्गा अतिक्रमणगरी गैरकानुनी रुपमा बनाईएको घर,टहराहरुमा कुन आधारमा विद्युत मिटर जडान गरिएको उल्लेखगरीको छ । त्यसको जानकारी दिन विद्युत केन्द्र संग मांग समेत गरिएको छ ।
ती पत्रहरुको बोधार्थ गुठी संस्थान कार्यालय जनकपुर र मधेश प्रदेश को सुचना तथा संचार मंत्रालयमा समेत पठाइएको छ ।
साबिक बिन्धी गाविस वार्ड नं.– २ बेलागाउँ अन्तर्गत रहेको रामजानकी दुलहा भगवान बेलाकुटी
वि.सं. १९८२ सालमा बेला गाउँका किसानको जग्गा जफ्तगरेर बेलाकुटीमा १५ विगहा प्रदान गरिएको थियो तत्कालिन सरकारले ।
बेलाकुटीको अतिक्रमण हटाउन वडाध्यक्ष राघवेन्द्र साह सक्रिय
4 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
9 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
14 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
1 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
1 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
2 दिन पहिले
