बेलाकुटीको अतिक्रमण हटाउन वडाध्यक्ष राघवेन्द्र साह सक्रिय
3 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम,जेष्ठ १८ गते । रामजानकी दुलहा भगवान बेला कुटीको अतिक्रमित जमिन खालिगराउन जनकपुरधाम उमनापा–२३ वाडा कार्यालय सक्रियता बढाएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वार्ड नं.– २३ ले जेष्ठ १६ गते तीनवटा छुट्टा–छुट्टै पत्र काटेको छ । त्यसमा एउटा जिल्ला प्रशासन कार्यालय धनुषा, नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जनकपुर र तेश्रो बेलाकुटी अन्तर्गतको जमिन अतिक्रमण गरेर घर बनाउनेहरुको नाउमा रहेछन् ।
तीनवटै पत्र जेष्ठ १६ गते जनकपुरधाम–२३ का वडाध्यक्ष राघवेन्द्र प्रसाद साह को हस्ताक्षर भएको छ । स्थानियको भनाई अनुसार बेलाकुटी झण्डै ७ विगहा जमिन अतिक्रमण भएको छ । सो जग्ग्गा अति बहुमुल्य रहेको छ ।
प्रकाशित पत्र अनुसार साबिक बिन्धी गाउँ पालिका–२ र हाल जनकपुरधाम– २३ अवस्थित रामजानकी दुलहा भगवान बेला निकास कुटी(बेलाकुटी) को जग्गामा अतिक्रमण गरि बनाईएको घर, टहराहरु गत जेष्ठ १३ गते हजारौंको संख्यामा वडाबासिहरु पुगेर २ वटा घर भक्तउन लाग्दा अतिक्रमणकारीहरु द्वारा ढुंगा मुढा गरिएको छ । त्यसले एक स्थानियको टाउको समेत फुटेको उल्लेख गर्दै अतिक्रमणकारीहरुले कब्जा जमाईरहेको खाली जग्गामा घर निर्माण तिब्रगतीले भईरहेको ले शान्ति सुरक्षा कायम गरि उक्त अबैध निर्माण कार्य यथासिघ्र रोकाई दिन जिल्ला प्रशासन कार्यालय संग अनुरोध गरिएको छ ।्
त्यस्तै अर्को पत्र बेलाकुटीको जग्गामा अबैधतरीकाबाट घर,टहरा बनाउनेहरुको नाउमा १५ दिने सार्वजनिक सूचना काटिएको छ । त्यस पत्रमा बेलाकुटीको जग्गा अतिक्रमण गरि घर,टहरा बनाउनेहरुले १५ दिन भित्रमा खाली गरिदिनको लागि भनिएको छ । साथै केहि कसैसंग प्रमाण छ भने ७ (सात) दिन भित्र सबै प्रमाणसहित वडा कार्यालयमा बुझाउन भनिएको छ । तोकिएको समय भित्र कागज नबुझाउने बारेमा कार्यालय जबाफदेखि नहुने पत्रमा उल्लेखित रहेको छ ।
तेश्रोपत्र नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्र को नाउमा लेखिएको छ । सो पत्रमा बेलाकुटीको जग्गा अतिक्रमणगरी गैरकानुनी रुपमा बनाईएको घर,टहराहरुमा कुन आधारमा विद्युत मिटर जडान गरिएको उल्लेखगरीको छ । त्यसको जानकारी दिन विद्युत केन्द्र संग मांग समेत गरिएको छ ।
ती पत्रहरुको बोधार्थ गुठी संस्थान कार्यालय जनकपुर र मधेश प्रदेश को सुचना तथा संचार मंत्रालयमा समेत पठाइएको छ ।
साबिक बिन्धी गाविस वार्ड नं.– २ बेलागाउँ अन्तर्गत रहेको रामजानकी दुलहा भगवान बेलाकुटी
वि.सं. १९८२ सालमा बेला गाउँका किसानको जग्गा जफ्तगरेर बेलाकुटीमा १५ विगहा प्रदान गरिएको थियो तत्कालिन सरकारले ।
कमेन्ट गर्नुहोस्
राप्रपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
रामेछाप । विभिन्न ६ बुँदे माग राखेर राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापले मंगलबार रामेछापका प्रमुख जिल्ला अधि..
6 घन्टा पहिले
रामेछापका शिक्षकले दिए केन्द्राध्यक्षको जिम्मेवारी पु..
रामेछाप । कक्षा १२ को परिक्षाका लागि खटाइएका रामेछापका १३ जना केन्द्राध्यक्षहरुले मंगलबार शिक्षा विकास तथा समन..
6 घन्टा पहिले
व्यवसाय क्षेत्रमा प्रयोग हुने यन्त्रउपकरणको परिक्षण शु..
रामेछाप । रामेछापमा संचालन रहेका विभिन्न व्यवसायहरुमा प्रयोग हुने ढक, तराजु, मिटर र लिटरको परिक्षण गर्ने कार्य म..
11 घन्टा पहिले
कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा माल्यार्पण
रामेछाप । नेपाल कम्यूनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर नेकपा एमाले रामेछापले मंगलबार शहीद गंगालाल श्रेष..
14 घन्टा पहिले
भीरपानीमा कार दुर्घटना, यात्रु सकुशल
रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिका ३ भिरपानीमा मंगलबार विहान रामेछापबाट विदेशी पर्यटकहरु लिएर काठमाडौं ..
14 घन्टा पहिले