धनवीर महतो
गौशााला, माघ ३ गते । महोत्तरी, गौशाला नगरपालिकाको कार्यालयले आजदेखि साताव्यापी योग शिविरको आयोजना गरेको छ ।
नवनिर्मित कभर्ड हलमा राष्ट्रिय योग दिवसको अवसर पारि नगरपालिकाको आयोजनामा एक हप्ते निःशुल्क योग शिविर संचालनमा आएको हो ।
उदघाटन सत्रलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्नुहुँदै पूर्वमन्त्री गिरीराजमणि पोखरेलले प्राचीन सभ्यतालाई जीवन्त राख्नका लागि योगको भुमिका आवश्यक रहेकोले यसलाई संरक्षित गर्नुपर्ने आवश्यकता उपर जोड दिनुभयो । विहीबार गौशाला नगरपालिकाले आयोजना गरेको साताव्यापी योग शिविरको उदघाटन सत्रलाई सम्बोधन गर्नुहुँर्दै पूर्वमन्त्री पोखरेलले वर्तमान परिवेश कोभिडले ग्रसित समाजका लागि योग साधाना गर्नाले मानवजीवनलाई अनेकौ फाईदा पुर्याईने धारणा राख्नुभयो ।
मुलतः प्रत्यक्ष रुपमा पश्चिमा संस्कृतितर्फ लम्किरहेको नेपालीहरुलाई अवको समयमा पुराना महर्षि र महन्थहरुले अपनाएको प्राकृतिक चिकित्सक र योग एवम साधाना गर्नुपर्ने पोखरेलले धारणा राख्नुभयो ।
यस्ता दैनिक क्रियाकलाप गर्नाले मानवजीवनलाई प्रत्यक्ष रुपमा फाईदा पुर्याउने पूर्वमन्त्री पोखरेलले तर्क राख्नुभयो । आफनो लाईफस्टाईल परिवर्तन गर्नका लागि हामी स्वयम ध्यान दिई नियमित रुपमा योग गरि स्वथ्य हुनुपर्ने उपर जोड दिनुभयो ।
प्रदेश नं. २ का प्रदेशसभा सदस्य भरतप्रसाद साहले वर्तमान कलान्तरनमा अधिकांश मानवहरुमा मानसिक समस्या देखिएकोले सोबाट बच्नका लागि योगले अधिक फाईदा पुगाउने धारणा राख्नुभयो । अगामी दिनमा व्यापक रुपमा सहभागीता गराउने प्रदेश सदस्य साहले बताउनुभयो ।
सोहीवीच गौशाल नगरपालिकाका प्रमुख शिवनाथ महतोले योगसम्बन्धि आवश्यक रुपमा ज्ञान प्रदान गर्नका लागि नगरपालिकाले योग शिविरको आयोजना गरेको बताउनुभयो ।
नियमित रुपमा योग गर्नाले विभिन्न किसिमको रोगबाट म्क्ति पाईन्छ ज्ञान प्रदान गर्नका लागि शिविरको आयोजना गरेकोले यसमा सहभागी भई अवसरको फाईदा लिन नगरप्रमुख महतोले आग्रह गर्नुभयो ।
कार्यक्रमकाबीच उपप्रमुख आशा लामाले नियमित रुपमा योग गरे अवश्य नै स्वथ्य रहने भएकोले योग निरन्तर रुपमा गर्दै जानुपर्नेमा जोड दिनुभयो ।
अगामी माघ ७ गतेसम्म संचालन हुने सो शिविरमा नेपाल तथा भारतका योगगुरुहरुले प्रशिक्षण दिनुहुने कार्यक्रम रहेको गौशाला नगरपालिकाको कार्यालयले जनाएको छ ।
गौशालामा साताव्यापी योग शिविर संचालनमा, प्राचीन सभ्यतालाई जीवन्त राख्नका लागि योगको भुमिका आवश्यक पूर्वमन्त्री पोखरेल
6 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
सुनापतिमा सार्वजनिक सुनुवाई
रामेछाप । रामेछापको सुनापति गाउँपालिकामा आर्थिक बर्ष २०८२।०८३ को तेश्रो चौमासिक सुनुवाई कार्यक्रम सम्पन्न भएक..
1 दिन पहिले
रामेछापमा पशुपतिनाथ मन्दिरको उद्घाटन
रामेछाप । रामेछाप नगरपालिका ८ मा पुननिर्माण गरिएको पशुपतिनाथ मन्दिरको बुधबार उद्घाटन गरिएको छ । गौरीशंकर मावि न..
1 दिन पहिले
निर्माण थालेको ७ बर्षमा शितभण्डारको बल्ल परिक्षण संचाल..
रामेछाप – जिल्लामा उत्पादित फलफुल तथा तरकारीहरु सुरक्षित राख्न रामेछापको सदरमुकाम मन्थली नगरपालिका १ सानीमदौ..
2 दिन पहिले
साउन देखि रामेछापमा कृषि र पशुपंक्षि सम्बन्धि काम गर्ने ..
रामेछाप । बागमति प्रदेश सरकारले रामेछाप जिल्लामा पशुपंक्षिको क्षेत्रको समेत काम गर्ने गरी कृषि विकास कार्यालयल..
2 दिन पहिले
सरकारले बिपी पार्क निर्माणका लागि बजेट दिएन, अधुरै अवस्थ..
सिन्धुली । सरकारले प्राथमिकताका साथ निर्माण थालेको विपी पार्क अधुरै अवस्थामा गाउँपालिकालाई हस्तान्तरणको तयार..
3 दिन पहिले
संवाददाता
