कमल साह
जनकपुरधाम,जेष्ठ ८ गते । आसन्न स्थानिय तह निर्वाचनमा नेपाली काँग्रेसले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिई पुरै पाईनल विजय भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वार्ड नं.२३ का वार्ड अध्यक्ष पदमा दैनिक विश्व जागरण को सम्पादक प्रकाशक राघवेन्द्र्र साह स्वतन्त्रको पुरै पाईनल बिजयी भएको छ । यहाँका समाजिक संस्था गोविन्द सेवा समितिको अध्यक्ष समेत रहनु भएको स्वतन्त्र उम्मेदवार राघवेन्द्र साह ले ८४१ मत ल्याएर निर्वाचित भएको छ । उहाँका निकटत्म प्र्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टी का रामनन्दन साह ले ७५१ मत ल्याएर पराजित भएको छ ।
नेपाली काँग्रेसको अधिकारिक उम्मेदवार रंजित चौधरीले स्वतन्त्र उम्मेदवार रावेन्द्र साह भन्दा १६९ मत कम ल्याउनु भएको छ ।
नेपाली काँग्रेस कार्यसमिति धनुषा बाट टिकट पाउनुभएको रंजित चौधरी ले ६७२ मतमा सिमित हुनुभयो । नेपाली कांग्रेस नगर कमिटि २३ का वाडा सभापति समेत रहनु भएको साह पार्टीको सदस्यता समेतबाट राजिनामा गरेर स्वतन्त्रबाट उम्मेदवारी राघवेन्द्र साह दिनुु भएको थियो । बेला,लादो र बिन्धी गाउँ मिलेर बनेको वार्ड नं. २३ बाट ने.कां.वार्ड समितिले राघवेन्द्र साहको एकल नाम वार्ड सभापति पदको लागि सिफारिश गरेर पठाएको थियो ।
तर,ने.कां. क्षेत्रिय कमिटीको दबाबमा जिल्ला कार्यसमिति धनुषा ले रंजित चौधरीलाई वार्ड अध्यक्ष पदको टिकट भिडाएको थियो । ने.कां वार्ड कमिटीको सिफारिश विपरीत टिकट वितरण भएको विरुद्धमा सम्पूर्ण कार्यसमितिले नेपाली काँग्रेसबाट राजिनामा गर्दै स्वतन्त्रबाट उम्मेदवारी दिएर निर्वाचित भएका छन ।
जनकपुरधाम– २३ का वार्ड अध्यक्ष पदमा स्वतन्त्रबाट राघवेन्द्र साह ले ८४१ मत ल्याएर निर्वाचित भएको छ । साथै सदस्य पदमा स्वतन्त्रबाट सदस्य पदमा निर्वाचित हुनेमा गंगाराम महतो ले ७३७ मत, मोहिनुदिन राईन ले ६८६ मत, महिला सदस्य विभा ठाकुर ले ८४१ मत र दलित महिला सदस्यमा सकुन्ति देवी ले ७९१ मत ल्याएर निर्वाचित भएका छन ।
नेपाली काँग्रेसले टिकट नदिएपछि स्वतन्त्रबाट पत्रकार साहको पाईनल विजय
4 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
9 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
14 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
1 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
1 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
2 दिन पहिले
