रश्मि पटेल, रौतहट
रौतहट,२८ बैसाख । रौहतट जिल्लाको सदुरमुकाम गौरबाट सञ्चालित रेड टेलीभिजनका स्थापिका श्रीमती रामा यादवको सम्झनामा स्थापित स्वर्गिय रामा यादव पत्रकारिता पुरस्कार पोखराकी अनिषा श्रेष्ठलाई प्रदान गर्ने घोषण गरिएको छ ।
स्वर्गीय श्रीमती रामा यादव स्मृति प्रतिष्ठानले यादवलाई सम्झिनाका लागि स्थापना गरेको उक्त पुरस्कार घोषणा कार्यक्रम बुधबार रेड टेलिभिजनको कार्यालयमा सम्मपन भएको हो ।
विश्वमा कोरोना महामारीले आतंक मचाएका बेला अल्प आयु मै संचारक्षेत्रको उत्थानका लागि स्थापिका यादवले गतवर्ष कोरोना महामारीमा ज्यान गुमाउन पुगेकी थिएन । श्रीमतिको शोक एवम पिडामा रहेका श्रीमान् जय प्रकाश यादवले श्रीमति स्वर्गिय यादवलाई सदैव सबैको माझमा राख्न गतवर्ष नै उनको नाममा पुरस्कार दिने घोषणा गरेका थिए । शोकाकुल एवम विचल्ली परिवारलाई सम्भाल्दैं यादवले स्वर्गिय रामाको सम्झनामा उक्त प्रतिष्ठानको परिकल्पना गरेको जानकारी दिनु भयो । रेड टेलिभिजनका कार्यालयमै आयाजित घोषणा कार्यक्रमा बोल्दै यादवले संघिय सरकार, प्रदेश सरकार तथा स्थानिय तहले कुनै प्रकारको सहयोग नगरेकोमा दुखेसो पोखे ।
पुर्व घोषणा अनुसार प्रदान गरिने यस वर्ष २०७९ को स्वर्गीय रामा यादव पत्रकारिकता पुरस्कार प्राप्त गर्ने अनिषा श्रेष्ठ गण्डकी प्रदेशको राजधानी पोखराबाट संचालन हुने सिटी वन टेलिभिजन एवम हेल्थ टुडे म्यागजिनमा कार्यरत रहेकी छिन् ।
घोषित पुरस्कार छनौटका लागि आयोजक कमिटीले दिएको जिम्माका अधारमा कमिटीले नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय, एवम प्रदेशका करिब सबै कार्यालयहरुसंघ समन्वय गरि पोखराकी अनुशा श्रेष्ठ, नेपालगंजकी कल्पना अर्चाय, बागमतिका फातिमा बानु, दिपा दाहाल, मधेश प्रदेशका रिन्कु मिश्रा गायत्री, बिबिसीमा कार्यरत माधुरी महतो, सुदुरपश्चिमका कालिका उपाध्याय, रौतहटका विणा श्रीवास्तव र प्रदेश नं. १ का चिना थापालाई छनौट गरेको थिए ।
नवै जना मध्ये समितिले यस वर्षको स्वर्गिय रामा यादव पत्रकारीता पुरस्कार अनिषा श्रेष्ठलाई प्रदान गरीने निर्णय गरेको समितिका सदस्य एवम पुव अध्यक्ष रविन्द्र कुमार साहले जानकारी दिनु भयो । पुरस्कृत भएकी अनिषा श्रेष्ठले विगत लामो समय देखी स्वास्थ्य क्षेत्रका विकृति एवम विसंगति विरुद्ध कलम चलाउदै आएकी छिन् ।
देशमा महान पर्वको रुपमा रहेको स्थानिय निर्वाचनले जारी गरेको आचारसहिता एवम वर्तमान परिवेशनका कारण आवत जावतमा समेत अशुविधालाई ध्यानमा राख्दैं निर्वाचन सम्पन्न पश्चात एक कार्यक्रमको आयोजना गरि उक्त पुरस्कार राशि प्रदान गरी जयरामा मिडिया प्रा.लि.का संचालक एवम स्वर्गिय यादवका श्रीमान् जयप्रकाशले जनाएको छ ।
कार्यक्रमा स्वर्गिय श्रीमति यादवप्रति भावविलिन हुदैं संचालक यादवले महिलाहरुको मनोबल केहि हद सम्म उच्च हुने सम्भावना प्रदान गरिने पुरस्कारबाट रहेकोले महिलालाई नै प्रदानको कार्य गरिएको बताए । प्रदान गरिने पुरस्कारको रकम राशि २६ हजार १ रुपैया रहेको समेत उनले जनाए । स्वर्गीय रामा यादवकी चार छोरी र श्रीमान् एवम सासु ससुरा रहेका छन् ।
घोषणा कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सदस्य श्री शैलन्द्र झा, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष रविन्द्र कुमार साह, वरिष्ठ पत्रकार विनय कुमार लाल दास, प्रभात कुमार झा लगायत दजनौंको उपस्थिति रहेको थियो । भने कार्यक्रमको संचालन रेड खबर डट कमका सम्पादक आलोक पाण्डेले गरेको थिए ।
गौरबाट सञ्चालित रेड टेलीभिजनका स्थापित पत्रकारिता पुरस्कार पोखराकी अनिषा श्रेष्ठ
4 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
10 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
14 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
1 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
1 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
2 दिन पहिले
