कमल साह
जनकपुरधाम,वैशाख २७ गते । जनकपुरधाम उपमहानगरको मेयर पदका स्वतन्त्र उम्मेदवार बलराम महतोले उपमहानगरपालिकालाई आफूले राजनीतिको अखाडा बन्न नदिने प्रतिववद्धता व्यक्त गरेका छन् ।
उपमहानगरपालिकालाई राजनीतिकको अखाडा बनाइएकोले विकास त भएन भन्दै उहाँले त्यसमाथी भ्रष्टाचार मौलाउँदै गईरहेकाले राजनीतिको अखाडा बन्न नदिने थप्नुभयो ।
उहाँले यद्यपि वडाध्यक्षहरु कुनै पार्टीबाट निर्वाचित भएपनि कुनै भेदभाव नगर्ने भन्नुभयो ।
वडाध्यक्षको उम्मेदवारहरु समेत वडा वडामा वचनवद्धता गरिरहेका होलान् उनीहरुको वचनवद्धता पूरा गर्न आफू सदैव तत्पर रह्ने बताउनु भयो ।
वलराम महतोले जनकपुरधामको विकासका लागि असल अभिभावकको चुनाव गर्न मतदाताहरुसंग आग्रह गनुभयोे ।
उहाँले आफू उपमहानगरको प्रमुखमा निर्वाचित भए उपमहानगरमा राजनीतिक खिचातानीको हावा लाग्न नदिने प्रतिवद्धता जनाउनु भयो । उहाँले राजनीतिज्ञभन्दा राम्ररी विकास निर्माणका कार्यहरु अगाडी बढाउन सक्ने दावि गर्नुभयो ।
उहाँले भन्नुभयो,‘म निर्माण व्यवसायको पृष्ठभूमिबाट आएको व्यक्ति हुँ । म संग कन्स्ट्रक्सनको अनुभव छ, मलाई जनकपुरधाम को विकास गर्ने ठूलो धोको छ । जनकपुरधाममा एडिवी परियोजना अन्तर्गत भएको सडक तथा ढल निर्माण कार्य, नेपाल रेल्वेको लिक निर्माण मैले नै गरेको छु ।’
उहाँले अगाडी बताउनु भयो, ‘तर अहिले उपमहानगरको व्यवस्थाकीय कमजोरीका कारण सडक तथा ढलको दुरावस्था छ । मैले आफैले गरेको कामको यो दशा देखेर यसलाई सुधार्नु छ सोचेर नै नगरप्रमुखमा उम्मेदवारी दिएको छु ।’
जनकपुरधाम उपमहानगरको स्वतन्त्र उम्मेदवार निर्मल कुमार चौधरीले भन्नुभयो,‘हाम्रो ऐतिहासिक पबित्र नगरी जनकपुरधाम एउटा मझधारको मोडमा उभिएको छ । यसको अस्मितामाथी धावा बोल्दै कुरुप बनाउन खोज्नेहरुको एउटा जमात लागिपरेको छ । तर, यस पबित्र धर्तिको स्वक्षताको निम्ति आफ्नो सारा जवानी कुर्वान गर्दै हातमा हात कदममा कदम मिलाउदै यहासम्म आइपुगेको छु । अकल्पनीय अवस्थाहरुमा ज्यानको प्रवाह नगरी लागेकै छु, चाहे त्यो पन्चायती ब्यवस्थाको विरुद्ध होस् या राजनीतिक संघर्षका आयामहरु होस् ।
उहाँले बिनासकारी भुकम्पको अवस्था होस् या कोभिडबाट आघातमा परेकाहरुको उद्धारका लागि होस लागेकै बताउनु भयो । उहाँले आज झुटको आश्वासन दिनेहरु आउलान एकदिनको निम्ति मानवलाइ बस्तु सम्झेर खरिदबिक्री गर्न आउलान त्यस्ताहरुबाट सावधान रहन बताउँदै थप्नुभयो, ‘समग्रमा जनकपुरमा पर्यटन प्रबर्द्धन गर्न र यसको उचाइमा पु¥याउनको लागि एक मतदिई अभियानमा हातेमालो हुन सबैमा हार्दिक अपिल गर्दछु ।
जनकपुर उपमहानगरलाई राजनीतिको अखाडा बन्न नदिने–महतो मानवलाई बस्तु सम्झेर खरिदबिक्री गर्न आउनेबाट सावधान– चौधरी
4 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
सहयोग बारे नक्कली क्यूआर प्रचार गर्ने रास्वपाका नेता पक..
रामेछाप । भोटेकोशी बाढी पीडितलाई सहयोगका लागि प्रधानमन्त्री दैबिप्रकोप उद्धार कोषमा रकम गरेको भन्दै नक्कली बैं..
19 घन्टा पहिले
विद्युत चुहावट हुँदा घरमा आगलागि, भित्रका सामान सबै खरान..
रामेछाप । मन्थली नगरपालिका २ कठजोर खोला किनारमा रहेको एकवहादुर भुजेलको घरमा अहिले साँझ साढे सात बजे तिर आगलागि भ..
4 दिन पहिले
बिश्वकै पुरानो सजिवन (मोरिङ्गा) को रुख रामेछापको भटौलीमा..
रामेछाप । पछिल्लो समय तरकारी सगैं मधुमेह, उच्च रक्तचाप लगाएतको रोगका लागि रामबाण औषधिको रुपमा प्रयोग गर्ने अभिया..
4 दिन पहिले
भोटेकोशी बाढीमा १ सय ५७ जनाको शव भेटियो, रामेछापका १९ जना ..
काठमाडौ । चीनको तिव्वत हुदै भोटेकोशीमा बुधबार विहान आएको विनाशकारी बाढीमा परेर मृत्यू हुनेको संख्या १ सय ५७ पुगे..
4 दिन पहिले
रामेछाप उद्योग वाणिज्य संघद्वारा त्रिशुली बाढीजन्य घटन..
रामेछाप । चीनको तिब्बत बाट बुधबार विहान आएको बाढीले नेपालको त्रिशुली नदी वहाव क्षेत्र र आसपासमा गरेको ठुलो जनधनक..
5 दिन पहिले
संवाददाता
