कमल साह
जनकपुरधाम,वैशाख २५ गते । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पुनः नेपाल आउने छन । प्र.मं.शेरबहादुर देउवासंग केहि दिनको अन्तरालमा पुनः यस कार्यक्रममा भेंटहुनेछन ।
भारतीय प्र.मं. मोदी यूनेस्कोको निम्तो मानेर आगामी २ जेठमा गौतमबुद्धको जन्मस्थल लुम्बिनी आउने भएका छन् ।
बुद्ध जयन्तीका अवसरमा संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को)ले २ जेठमा लुम्बिनीमा आयोजना गर्ने विशेष कार्यक्रममा भारतीय प्र.मं.मोदी सहभागी हुनेछन् ।
बुद्धजयन्तीका अवसरमा आयोजित कार्यक्रमको अतिथिका रूपमा यूनेस्कोले निमन्त्रणमा गरेको हो । सँगै प्रधानमन्त्री देउवा लाई पनि निमन्त्रणा गरेको ले उनि दुबैजना कार्यक्रममा सहभागी हुनेछन । भनिन्छ,मोदीले त्यही दिन वृहत्त लुम्बिनी गुरुयोजना क्षेत्रभित्र भारत सरकारको कुनै परियोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । तर, उक्त परियोजना के हो भन्ने अहिलेसम्म खुलेको छैन ।
लुम्बिनीको परिसरमा अन्य धेरै देशले आफ्नो संस्कृति झल्कने गुम्बासहितका संरचना निर्माण गरेका छन् । भारतले भने अहिलेसम्म केही बनाएको छैन । त्यसैले मोदीले भारतको परियोजना शिलान्यास गर्नेछन् ।
कार्यतालिकाअनुसार मोदी सोहि दिन भारत फर्किनेछन् । उनी बिहान करिब १० देखि ११ बजेको समयमा नेपाल आइपुग्ने छन् । लुम्बिनी क्षेत्रमा उनी ६ घण्टा बस्ने कार्यक्रम छ ।
मोदीलाई लुम्बिनीकै चर्चित धार्मिक स्थल स्वर्गद्वारीसम्म पु¥याउने विषयमा प्रयास भइरहेको छ । नेपालको एउटा व्यापारिक घराना विनोद चौधरी ले उनलाई स्वर्गद्वारी लैजानका लागि प्रयास गरिरहेको छ ।
तर, मोदी लुम्बिनीमा ६ घण्टाभन्दा बढी समय नरहने भएकाले स्वर्गद्वारी पुग्ने सम्भावना भने नरहेको संचारमाध्यमहरुमा आईरहेकाछन । प्र.मं.देउवाले गत चैत्र १८ देखि २० चैतसम्म गर्नुभएको तीन दिने भ्रमण क्रममा मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको थियो ।
भारतीय प्र.मं. मोदी पुनः नेपाल आउने
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
10 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
14 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
1 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
1 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
2 दिन पहिले
