कमल साह
जनकपुरधाम,वैशाख २० गते । पत्रकार राधवेन्द्र प्रसाद साह ले जनकपुरधाम उपमहानगर–२३ का वडा अध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ ।
उनि नेकाँ जनकपुरधाम उपमहानगरपालिका–२३ का सभापति रहनु भएको थिए । पत्रकार ने.काँ. पार्टी परित्यागगरी वडा अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवारी दिनु भएको छ ।
नेपाली काँग्रेस– २३ का वडा कार्यसमितिको वैठकले वडा सभापति राघवेन्द्र प्रसाद साह को एकल नाम वडा अध्यक्ष पदको लागि सिफारिश गरेको थियो । तर, नेपाली काँग्रेस धनुषा जिल्ला सभापति योगेन्द्र पंजियार द्वारा जारी लिष्टमा अरुको नाम भएको देखेर वडा– २३ को सम्पूर्ण कार्यसमितिले समुहिक राजिनामा गरेर स्वतन्त्रबाट उम्मेदवारी दिन पुगेका छन ।
नेपाली काँग्रेस धनुषाले यसरी वेईमानी जनकपुरधाम– २३ मा मात्र गरेको छैन । अन्य वडाहरुमा पनि गरेको समाचार प्राप्त भईरहेको छ । यस्ले गर्दा नेपाली कांग्रेसबाट वागी उम्मेदवारी दिनेहरुमा छ्यप छ्याप्ति देखिन्छन ।
बिन्धी,लादो र बेला गाउँ मिलेर बनेको वार्ड नं.२३ का ने.कां वडा सभापति रावेन्द्र प्रसाद साह युवा मात्र होईन कि लोकप्रिय नेता भएपनि पार्टी ले सिंगो वार्ड कमिटी निर्णयलाई लंगौटी लगाई दिएको छ । यस्ले उनिहरु सामुहिक राजिनामा पत्र पार्टी सभापतिलाई समेत बुझाएका थिए ।
सामाजिक तथा राजनीतिक पृष्टभूमि भएका पत्रकार राघवेन्द्र प्रसाद साह ले वडावासीहरुको चाहना अनुसार आफू वडा अध्यक्ष पदमा स्वतन्त्र भएर उम्मेदवारी दिनु भएको छ । उहाँसंगै सदस्यपदमा ४ जनासमेत उम्मेदवारी दिएका छन । त्यसमा मोहिनउदिन राईन, गंगाराम महतो, महिलाबाट विभा ठाकुर र दलित महिलाबाट सकुन्ति देवी
हुन ।
त्यस्तै जनकपुरधाम वार्ड नं. ३ बाट अनिरुद्ध साह,भगवान झा र रवि साह ले वडा अध्यक्ष पदमा स्वतन्त्र भई उम्मेदवारी गराउनु भएको छ ।
उसैैगरी जनकपुरधाम– ४ बाट वार्ड अध्यक्षको टिकट नपाएपछि राकेश सिंह ले पनि स्वतन्त्रबाट उम्मेदवारी दिनु भएको छ ।
त्यसैगरी जनकपुरधाम वार्ड नं.१० का पूर्व वार्ड अध्यक्ष मिथिलेश कर्णले स्वतन्त्रबाट उम्मेदवारी दिनु भएको छ ।
नेपाली कांग्रेस संसदिय क्षेत्र नं.३ बाट महाधिवेशन प्रतिनिधी रहनु भएको रुणा झा ले उपमेयर पदको लागि टिकट नपाएपछि उनि एमालेमा प्रवेश गरी उम्मेदवारी दिएकी छन ।
त्यस्तै जनकपुरधामको उपमेयर पदमा टिकट पाउनबाट बँचित भएको निर्मल कुमार चौधरी ले पनि स्वतन्त्रबाट उम्मेदवारी दिनु भएको छ ।
पत्रकार राघवेन्द्र साह ले वडाध्यक्षमा स्वतन्त्रबाट दिए उम्मेदवारी
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
10 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
15 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
1 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
1 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
2 दिन पहिले
