कमल साह
जनकपुरधाम , वैशाख २० गते । स्थानिय तहको निर्वाचन सफल पार्नको लागि नेपाल सरकाको सुरक्षा निकाय सुरक्षा बन्दोवस्तीमा लागिसकेका छन । त्यस्तै निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले स्वच्छ, निस्पक्ष, स्वतन्त्र,भयरहित र विश्वनिय निर्वाचन बनाउन तोकिएको समयमा गराउन पहिलेदेखि नै सक्दो प्रयास गर्दै आउनु भएको छ । उनको कार्यलाई सबै क्षेत्रबाट सह्राना अवश्य हुनेछन । किनकि सत्तारुढ राजनीतिक दलहरुले अगामी वैशाख ३० गते हुने निर्वाचन टार्नकोलागि सक्दो प्रयास गरेको हाम्रो सामुमा नै छन । उनिहरुले विप्लब लगायतलाई चुनावमा ल्याउने कुरालाई निर्वाचन सार्न खोजेको थिए । तर, प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन समयमै गराउन संचारमाध्यमलाई सहारा लिनुभयो ।
संचारमाध्यमको सकारत्मक सोंचाईले नै वैशाख ३० गते स्थानिय तहको निर्वाचन सम्पन्नको विभिन्न खुडकिल्लाहरु पार गरिदैछ निर्वाचन आयोग । यस आसन्न निर्वाचनका लागि गत वैशाख ११ र १२ गतेमा परेको उम्मेदवारी एक लाख ४१ हजार ४ सय ६८ रहेका छन । त्यसमा महानगर, उपमहानगर र नगरपालिकाको नगरप्रमुखमा तीन हजार ३ सय १८, नगर उपप्रमुखमा दुई हजार ३६ जनाले उम्मेदवारी दिएका छन । त्यस्तै गाउँपालिकाको अध्यक्ष पदमा तीन हजार ३ सय ६ जनाको र उपाध्यक्षमा २ हजार ३ सय ४३ जनाको उम्मेदवारी परेका छन । उसैगरी वडाअध्यक्षमा ३३ हजार १ सय ११, महिला सदस्यमा २४ हजार २ सय ८३, दलित महिला सदस्यमा २१ हजार ९ सय ७९ र सदस्यमा ५१ हजार ९२ जनाको उम्मेदवारी परेका छन ।
स्थानिय तहको नेतृत्व सम्हाल्नको लागि देशभरिका ७ सय ५३ वटै स्थानीय तहमध्ये नगरपालिका, गाउँपालिकाको प्रमुख, उपप्रमुख र वडाध्यक्ष पद सम्हालनको लागि संचारकर्मी आफ्नो पत्रकारिता पेसालाई केहिदिन विस्थापनगर्दै चुनावी मैदानमा प्रतिस्पर्धा गरिरहेका छन्। संचारकर्मी झैं अन्य क्षेत्रमा लागेका नेपाली नागरिकहरु उत्साहित भई विभिन्न पदका लागि उम्मेदवारी गराउनु भएका छन । राजनीतिकर्मीहरुको त कुरै छोडनु पर्छ । किनकि उनिहरु सत्ता सम्हाल्न र व्यवस्थित तरिकाबाट नागरिकको हरेक आवश्यक आवश्यकतालाई पुर्ति गर्न सोंच बनाएको नै हुन्छन । त्यसको लागि नै आ–आफ्नो पार्टीको संगठीत विस्तारको क्रममा रहेका हुन्छन । तर, कतिपय यस्ता व्यक्तित्वहरु छन । जस्ले कमिशन को लागि जेसुकै गर्न सक्छन । त्यसलाई म कमिश विज्ञ भनेर सम्बोधन यहाँ गर्दैछु । त्यस्ता कमिशन विज्ञहरु जनता माझमा अनेक प्रकारशा प्रलोभन बाँडनमा व्यस्तदेखिन्छन अचेल । त्यस्ता कमिशन विज्ञबाट सावधान हुनु आवश्यकता रहेको छ । किनकि ति कमिशन विज्ञहरुले मतदातालाई लोभाउनको लागि मिठोमिठो सपनाहरु बाँडदै गरेका छन । उनिहरुले विभिन्न तरिकाबाट आफ्नो जालझेलमा फसाउने प्रयास गर्दैछन । कसैलाई नोकरी लगाई दिने,त कतिपयलाई मणि,मासु र मदिरामा दिएर ठग्ने प्रयास गर्दैछन । उनिहरुबाट प्रकाशित घोषणापत्र मात्र कागजको खोष्टामा परिणत हुनेछ । त्यो बेला पक्षतावाको शिवा अरु केहि हुँदैनन् । कमिशन विज्ञहरुले सेटिंगमा खाँदै आएको कमिशनबारेमा सर्वसाधारणलाई थाह पनि हुँदैन । तर, आफु कुनै कामको लागि पालिकामा जाँदा ती कमिशिन विज्ञले जनप्रतिनिधीसंग भेंट गर्न चाहदैनन् ।
अतः विभिन्न पालिकामा उम्मेदवारी दिनुभएका कमिशन विज्ञहरुबाट सावधान भई आ–आफ्नो मत सच्चा विकास प्रेमीलाई खसाल्नु आवश्यकता हो ।
कमिशन विज्ञहरुबाट सावधान
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
10 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
15 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
1 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
1 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
2 दिन पहिले
