सन्जु कर्ण, सर्लाही
सर्लाही, माघ ३ गते । सर्लाहीको हरिवनमा शुक्रबार नेकपा ओली समुहका राष्ट्रिय युवा समुह नेपाल सर्लाहीले बृहत युवा भेला सम्पन्न गरिएको छ ।
केन्द्रिय सदस्य तथा पुर्व मन्त्रि महेश बस्नेको प्रमुख आतित्यथामा भेला सम्पन्न गरेका ेहो । भेलामा बोल्दै मन्त्रि बस्नेतले एक हप्ता भित्र सर्लाहीको सिमा नाका खोल्ने उदघोष गर्नुभयो ।
पुष्पकमल दहाल प्रचण्डले माधव कुमार नेपाल र झलनाथ खनाललाई बैषाखी बनाएर पार्टी कब्जा गर्न लागेको हुदा प्रधानमन्त्रि ओलीले संसद बिगठन गर्नुपरेको मन्त्रि बस्नेतले दावी गर्नुभयो ।
मधेशमा कोशि मरिण डाईर्भसन र हुलाकी राजमार्ग आलीलेनै उपहार दिएको हुदा अव मधेशको बिकासले गति लिने पनि वाहाँले दाबी गर्नु भयो ।
राष्ट्रिय युवा समुह नेपाल सलौहीका अध्यक्ष जोनिस पाख्रिनको अध्यक्षतामा भएको यस कार्यक्रममा नेकपा ओली समुहका केन्द्रिय सदस्य तथा हरिवन नगरपालीकाका प्रमुख गणेश प्रसाई, उप प्रमुख रेणुका पौडेल, हरि उप्रेती लगायत ब्यक्तित्व हरुको उपस्थिती रहेको नेकपा ओली समुहका राष्ट्रिय युवा समुह नेपाल केन्द्रिय सदस्य रमेश धौलागाईले बतायनु भयो ।