कमल साह
जनकपुरधाम, वैशाख ९ गते । नेपाली कांग्रेसका नगर सभापति मनोज कुमार साहले पार्टीको साधारण सदस्यसमेत नरहने गरि राजीनामा दिँदै मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।
नेपाली कांग्रेस जनकपुरधाम उप–महानगरका नगरका सभापति साह लगायतका नेताहरूले शुक्रबार पत्रकार सम्मेलन गरी सामूहिक पार्टी प्रत्यिाग गरेका छन्।
सभापति साह संगै नगर सचिव लालबाबु मिश्र, कोषाध्यक्ष विरेन्द्र यादव, वडा नम्बर १५ का सभापति नन्दलाल साहसहित कांग्रेसका अढाई सय सक्रिय सदस्यले ने.कां. पार्टी बाट राजीनामा गरेका छन ।
सत्तारुढ गठबन्धनको बैठकले जनकपुरधाम उप–महानगरपालिकाको नेतृत्व गर्ने जिम्मा जनता समाजवादी पार्टी नेपाललाई दिने निर्णयमा सभापति शेरबहादुर देउवाले हस्ताक्षर गर्नु भएपछि धनुषा कांग्रेसमा खैलाबैला मच्न गएको छ ।
गठबन्धनले जनकपुरधाम उपमहानगरपालिका का मेयर पद जसपा र उपमेयर पद कांग्रेसले उम्मेदवारी दिने गरेको निर्णय पश्चात् कांग्रेसका सयौँ असन्तुष्ट नेता–कार्यकर्ताले शुक्रबार सामूहिक राजीनामा दिएका छन्।
नेपाली काँग्रेस केन्द्रिय कमिटी पार्टीलाई २४ घण्टे अल्टिमेटम दिएको समय पुगेपछि पार्टीको साधारण सदस्यसमेत नरहने गरी साहसहित सयौँको संख्यामा नेता–कार्यकर्ताहरूले राजीनामा दिएका छन ।
जनकपुरधाम उपमहानगरको २५ वटै वडाका सभापतिको सल्लाहमा आफूले स्वतन्त्र उम्मेदवारी घोषणा गरेको मनोज कुमार साहले पत्रकार सम्मेलनमा बताताउनु भयो । उहाँले कांग्रेसको भागमा परेको १० वटा वडामा पनि स्वतन्त्र उम्मेदवारी पर्ने उहाँले जानकारी गराउनु भयो ।
उहाँले जनकपुरधाममा नेपाली कांग्रेस एक्लैले जित्नसक्ने अवस्था रहेको ठाउँमा गठबन्धन गरेर सभापति शेरबहादुर देउवाले ठूलो गल्ती गरेको आक्रोश व्यक्त गर्नुभयो । जनकपुरधाममा कांग्रेस बलियो हुँदाहुँदै पनि पार्टीलाई सिध्याउन सभापति देउवाले यस्तो उल्टो निर्णय लिएको आरोप उहाँ लगाएका छन्।
गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धन नमान्ने पार्टी कार्यकर्तालाई कारबाही हुने धम्की दिएको ले उनिहरु साधारण सदस्यबाट समेत राजीनामा दिएर उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
०७४ सालको चुनावमा जनकपुरधाममा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट लालकिशोर साह २१ हजार ९ सय ३ मत ल्याएर निर्वाचित भएका थिए। साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार मनोज साहले ११ हजार १ सय ६४ मत प्राप्त गरेका थिए।
कांग्रेसका नगर सभापति मनोज साह द्वारा पार्टी परित्याग
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
10 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
15 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
1 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
1 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
2 दिन पहिले
