कमल साह,
जनकपुरधाम, वैशाख ७ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले धनुषा र महोत्तरी जिल्लागरी चार ठाउँका उम्मेदवारको नाम सिफारिश गरेको छ ।
लोसपाबाट उम्मेदवारको नाम सिफारिश हुनेमा दुई वटा गाउँपालिका,एक वटा नगरपालिका र एक वटा उप–महानगरपालिका रहेछ । तर, उपमहानगरपालिकाबाट एक–एक जनाको नाम होईन पाँच पाँच जनाको नाम सिफारिश गरेको छ ।
लोसपाको बैठकबाट धनौजी गाँपालिकाको अध्यक्षमा जिवेन्द्र झा लाई अध्यक्ष पदको लागि उम्मेदबारमा सिफारिश गरेको हो ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल धनौजी गाउँपालिकाको पालिका स्तरीय भएको विस्तारीत बैठकबाट सर्वसहमतीले पार्टीका जिल्ला सचिव जिवेन्द्र झा लाई गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवारमा सिफारिस गरेको छ ।
गत स्थानिय निर्वाचनमा जिवेन्द्र झा तत्कालिन राजपबाट निर्वाचन लडेका थिए । उक्त निर्वाचनमा झिनो मतले झा पराजित भएका थिए ।
त्यस्तै लोसपाले धनुषाकै औरही गाउँपालिकाको पालिका स्तरीय भएको विस्तारीत बैठकबाट जिल्ला उपाध्यक्ष प्रमोद यादवलाई अध्यक्ष पदको उम्मेदबार बनाउन सिफारिस गरेका छ । यादव जिल्लाकै प्रभावशाली नेता मानिन्छन् ।
उसैगरी लोसपा महोत्तरी जिल्ला अन्तगर्तको भंगहा नगरपालिको नगर स्तरीय बैठकबाट भंगहा नगरपालिकाको मेयर पदमा पुनः सन्जिब साह नाम सर्वसम्मतिबाट सिफारिस गरिएको छ ।
त्यसैगरी लोसपा नेपाल ले जनकपुरधाम उप–महानगरपालिकाको मेयर तथा उपमेयर पदमा पाँचपाँचजनाको नाम सिफारिस गरेको छ ।
जनकपुरधाम उमनपा नगर समितिका अध्यक्ष मनोज चौधरीको अध्यक्षतामा आईतवार बसेको बैठकबाट सो निर्णय गरिएको छ ।
उक्त बैठकबाट मेयर पदका लागि परमेश्वर साह, मनोज चौधरी, संजय कुमार चौधरी, अमर पंजियार र जानकी राम साह को नाम सिफारिस गरिएका छन् ।
उसैगरी उपमेयर पदका लागि पाँच जनाको नाम सिफारिश भएको छ । जिल्ला कार्य समिति धनुषाले सिफारिस गरेको नामहरुमा विभा ठाकुर, विभा पाण्डे, रिता कुमारी मिश्र, पुनम झा मैथिल र पुनम साह रहेको नगर अध्यक्ष मनोज चौधरीले जानाएका छन् ।
धनुषा जिल्ला अध्यक्ष समेत रहनु भएका प्रदेश सभासद परमेश्वर साहले मेयर तथा उपमेयर पदमा धेरै जनाको नाममध्ये पाँचजना मेयर र पाँचजना उपमेयरको नाम सिफारिस गरिएको जनाइएको छ ।
लोसपाले दुई मेयर र दुई अध्यक्ष पदका उम्मेदवारको नाम सिफारिश गरियो
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
10 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
15 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
1 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
1 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
2 दिन पहिले
