जनकपुरधाम, पुस २ गते । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव ले प्रेस स्वतंत्रता सेनानी, वरिष्ठ पत्रकार, जनकपुर वौधिक समाजका अध्यक्ष तथा मुर्धन्य व्यक्तृत्व श्री राजेश्वर नेपाली को पत्नि र दैनिक विश्व जागरणका सम्पादक राघवेंद्र साह आमा प्रति आज श्रद्धांजति व्यक्त गरेका छन ।
पूर्व राष्ट्रपति डा. यादव आज वरिष्ठ पत्रकार श्री नेपाली को पुर्खाैली घर जनकपुरधाम उपमहानगरपालिका २३ बेला गाउँमा पुगेर प्रजातन्त्रका सच्चा सिपाही श्री नेपाली का पत्नी प्रति श्रद्धांजलि व्यक्त गरेका छन ।
वरिष्ट पत्रकार श्री नेपाली र जनकपुर धामबाट प्रकाशित दैनिक विश्व जागरणका सम्पादक राघवेन्द्र साह को आमा सरस्वती देवी भाद्र ३१ गते निधन भएको थियो ।
पूर्व राष्ट्रपति डा. यादव सो वेला काठमाण्डौमै रहनु भएको थियो । यता, आफ्नो कर्मभूमि जनकपुरधाम आउँदा वरिष्ट पत्रकार श्री नेपाली को घरमै पुगेर एक प्रजातन्त्रका योद्धा पत्नि साह प्रति श्रद्धासुमन व्यक्त गर्दै सम्वेदना प्रकट गर्नु भएको छ ।
पूर्व राष्ट्रपति यादवले जनकपुरका दुई बरिष्ट पत्रकार कमशः कमल साह को काकी र श्री नारायण साह का सासु माँ समेत रहनु भएकी ७० वर्षिय सरस्वती देवी को मृत्यु वारेमा जिज्ञासा गर्नुभयो । उहांले दिवंगत आत्मा को चिर शान्ति मिलोस भनि कामना पनि गर्नुभयो ।
डा.यादव ले सो अवसरमा चुरेको संरक्षण नभए आउँदो ३० वर्षमा तराई क्षेत्र बन्झर हुने संकेत दिनुभयो । उहाँले चुरेमा हुँदै आएको विनासले नै अन्नको भण्डार मानिदै आएको तराई क्षेत्रमा पानीको अभाव सृजना हुने विचार व्यक्त गर्नुभयो ।
त्यस्तै महामारी कोरोनाको वारेमा पनि चर्चा गर्नुभयो । पूर्व राष्ट्रपति यादवले कोरोनाको कहर देश विदेश सबै ठाउँमा जारी रहेको बताउँदै यो भाइरस चिनी,प्रेसर,मृगौला लगायतका विरामी तथा वृद्धको लागि काल भई प्रस्तु हुँदै आएको ले सचेत रहन सबैलाई आग्रह गर्नुभयो ।
नेपालका प्रथम राष्ट्रपति डा. यादव द्वारा प्रेस स्वतन्त्रता सेनानी नेपाली पत्नि प्रति श्रद्धांजलि
6 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
1 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
