कमल साह
जनकपुरधाम,चैत्र २४ गते — एमनेस्टी इन्टरनेशनल नेपालको ३० औं वार्षिक साधारणसभाले विपिन बुढाथोकीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
काभ्रे जिल्लाको सदरमुकाम तथा पर्यटकीय नगरी धुलिखेलमा चैत्र १८ र १९ भएको साधारणबाट दुई वर्षे कार्यकालको लागि उहाँ निर्वाचित भएका छन । मानव अधिकारको क्षेत्रमा कार्यरत एम्नेस्टी इन्टरनेशनल नेपाल को अधिवेशनले कोषाध्यक्षमा रोशन बजगाईं र सदस्यहरुमा सञ्चिता कुइँकेल, विमला वाग्ले, मञ्जु विश्वकर्मा, केशव पोखरेल, निखिल पोख्रेल, होमबहादुर अधिकारी, देवेन्द्र सेजुवाल, गरिमा पाण्डे र वरुण कुइकेल निर्वाचित भएका छन् ।
काभ्रेको धुलिखेल नगरपालिकाको सभा कक्षमाा आयोजित वार्षिक सधारण सभा ले पुनरावेदन समितिमा संयोजक जीवनप्रसाद फूँयाल र सदस्यहरु लक्ष्मी रेग्मी तथा लोकेन्द्रसिंह निर्वाचित भएका छन् ।
देशभरि आबद्ध समूह, युथ नेटवर्क, समर्थक सदस्यहरूको तर्फबाट २ सय ५४ मताधिकार प्राप्त प्रतिनिधिहरू, बोर्ड तथा पुनरावेदन समितिका पदाधिकारीहरू, कर्मचारी, स्वयंसेवक, पर्यवेक्षक र एमनेस्टी इन्टरनेशनलको अन्तर्राष्ट्रिय बोर्ड र अभियानका प्रतिनिधिसमेत गरी लगभग ३ सय जना सहभागी भएका थिए ।
साधारण सभाले वार्षिक प्रतिवेदन, कार्ययोजना, बजेट र संस्थाका केही नीतिहरूमाथि छलफल गरी अनुमोदन गरेको छ ।
गत वर्षमा गरिएको मानव अधिकारसम्बन्धी कार्यहरूको प्रभावको बारेमा समीक्षा गर्नुका साथै मानव अधिकारसम्बन्धी प्रस्तावहरूमाथि पनि छलफल चलाई पारित गरिएको छ ।
सो वार्षिक साधारणसभामा एमनेस्टी नेपालमा आबद्ध काठमाण्डौ विश्वविद्यालयका युथ नेटवर्कका सदस्यहरूले हिरासतमा हुने मृत्युका विषयमा नाटक प्रदर्शन गरेका थिए । जो मार्मिक रहेको थियो ।
एम्नेस्टि इन्टरनेशनल नेपाल शाखाका ३० औं अधिवेशन सौहार्द रुपमा सम्पन्न भएको सन्देश निर्देशक निराजन थपलियाले अन्तमा पत्रकार सम्मेलन गरेर जानकारी दिनुभएको थियो ।
एमनेस्टी इन्टरनेसनल नेपालको ३० औ अधिवेशनबाट अध्यक्षमा बुढाथोकी निर्वाचित
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
11 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
16 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
1 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
1 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
2 दिन पहिले
