कमल साह
जनकपुरधाम,चैत्र २४ गते । जनकपुरधाम उप–महानगरपालिकामा नेपाली काँग्रेसका नगर सभापति मनोज साह ले टिकट पाउने निर्विकल्प देखिएको छ ।
स्थानिय निर्वाचनको तिथी मिति जसरी जसरी नजिकिदै छ, त्यसैगरी निर्वाचन सर्गर्मी गाउँदेखि जिल्लाका सदरमुकामसम्म बढदै छ । पालिकाहरुमा यस वर्ष कुन पार्टीका कुन उम्मेदवार बाजि मार्ला भनेर गाउँदेखि शहरसम्मको चिया पसलहुँदै चोकचौराहहरुसम्म लख काट्नेहरुको घुईंचो सघनरुपम भईरहेको छ ।
निर्वाचन आयोगको सिफारिशमा नेपाल सरकारले २०७९ साल वैशाख ३० गते एकैचरणमा स्थानिय निर्वाचन गर्ने घोषणा गरेको हो ।
टाउकोमा रहेको स्थानिय निर्वाचनमा आफ्ना सफल उम्मेदवार चयन गरेर पाठाउने कसरत हरेक पार्टी गर्न थालिसकेका छन । त्यसबाट नेपाली काँग्रेस धनुषा पछाडी रहेको देखिदैनन् । अचेल धनुषा जिल्लाका हरेक वडामा नेपाली काँग्रेसको भेला जारी रहेको छ ।
तर, धनुषा जिल्लाको सदरमुकाम मात्र होईन कि मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकामा माथि सबै कार्यकर्ताको आँखा गाडिएको छ । तर, जनकपुरधाम उपमहानगरपालिकामा नेपाली काँग्रेसको एक मात्र आधिकारिक उम्मेदवार मनोज साह निर्विकल्प रहेको देखिन्छ ।
हुनतः जनकपुरधाम उपमहानगरपालिकामा यसवर्ष नेपाली काँग्रेसबाट पूर्व मेयर बजरंग प्रसाद साह ले टिकट पाउने हो कि भनेर चर्चा भईरहेको छ ।
धनुषा काँग्रेसमा उहिल्येदेखि दुईवटा धार रहँदै आएको हो । एउटा काईराला पक्ष र अर्को निधी पक्ष । सायद त्यसैले कोइराला पक्षबाट बजरंग प्रसाद साह को नाम आईरहेको हुनसक्छ । तर, जनकपुरधाम उपमहानगरपालिकाका वडाहरुमा हुँदै आएको बैठकबाट मनोज, मनोज नाम को चर्चा पाईरहेको छ ।
गत स्थानिय निर्वाचनमा मेयर पदमा पराजित भईसेको वेलादेखि नै काँग्रेसको संगठन बनाउनमा उनि आफ्नो समय खर्चिदै आएको ले नेपाली काँग्रेसको निर्विकल्प उम्मेदवार बन्न गएको देखिन्छ ।
नेपाली काँग्रेसले गाउँ, नगर,वडा वडामा गई पहिलो चरणको कार्यकर्ता भेलागरी चुनावी रणनीति बनाउँदै मतदान सम्बन्धि कार्यकर्ताहरुलाई बुझाउँदै हिडेका छन ।
केहिदिन अघि नेपाल महिला संघ जउमनपा वडा ७ का सभापति फुलकुमारी साहको सभापतित्वमा आयोजित भेलाका प्रमुख आतिथ्य नगर सभापति मनोज कुमार साह ले नै गर्नुभएको थियो ।
त्यस भेलालाई निलम कर्ण लगायतका वक्ताहरूले मतदान, वडाका समस्य र समाधानको बारेमा धारणा राखेको थियो । सो भेलाले यसपालि पुनः जनताका माझमा चिरपरित रहेका युवा नेता मनोज कुमार साह लाई नै काँग्रेसले जनकपुरधाम उप–महानगरपालिकाका मेयर पदका टिकट दिनुपर्ने माँग गरेका थिए ।
त्यस्तै जनकपुरधाम वार्ड १५ मा आयोजित वडा स्तरीय भेला पनि सम्पन्न भएको छ । सो भेलामा नेपाली काँग्रेस धनुषा कार्यसमितिको उपसभापति पदमा निर्वाचित हुनुभएको गणेश झा लाई सम्मान गरियो ।
उक्त कार्यक्रमको प्रमुख आतिथ्य गणेश झा ले नै गर्नुभएको थिए ।
जनकपुरधामका मेयरमा नेपाली काँग्रेसबाट मनोजको उम्मेदवारी निर्विकल्प
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
11 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
16 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
1 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
1 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
2 दिन पहिले
