रश्मि पटेल, रौतहट
रौतहट, चैत्र २३ गते । नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधव नेपालको गृहनगरबाटै वडाका जिल्ला कमिटि सदस्य रामजी साहको नेतृत्वमा सयौं नेता तथा कार्यकर्ताले समाजवादी पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालको वडा, गौर नगरपालिका वडा नम्बर १ जहाँ उनको पार्टीबाट गौर नगरपालिकाका मेयर उम्मेदवार शम्भु साहको समेत घर रहेको छ ।
गौरस्थित एमाले पार्टी कार्यालयमा एक कार्यक्रमकाबीच रामजी साहसहित नव प्रवेशीहरुलाई एमाले केन्द्रीय लेखा आयोगका सदस्य राजकिशोरप्रसाद यादवले टीका तथा माला लगाई पार्टीमा स्वागत गरेको थियो । यस्तै गौर नगरपालिका वडा नम्बर ९ निवासी लोसपा निकट मुस्लिम संगठनका केन्द्रीय सदस्य शेख मन्जिर आलम पनि एमालेमा प्रवेश गरेको हो ।
पार्टी प्रवेश गराउदै आयोगका सदस्य यादवले देशमा पाँच दलीय गठबन्धनले एमालेविरुद्ध जति जालझेल गरे पनि दिनानुदिन गठबन्धन त्यागेर एमाले प्रवेशको संख्या बढ्दै गएको बताए । उनले समृद्ध नेपाल निर्माणका लागि एमालेलाई अपार बहुमत दिन आह्वान गरेका छन् ।
कार्यक्रममा मधेश प्रदेश कमिटी सदस्य अब्दुल कलाम आजाद, सच्चिदानन्द साह, रुपनारायण दास, जिल्ला उपाध्यक्ष दीपक यादव, जिल्ला सदस्य राजेश साह, निवेश यादव, उमाशंकर साह, प्रेमचन्द्र साह, मिथलेश यादव, श्यामकिशोर यादव लगायतको जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । स्मरण रहोस् २०७४ को स्थानीय निकायमा एउटा पनि नगर प्रमुख , बिधायक , सघिय सांसद निर्वाचित भएको थिएन।
माकुनेको गृह जिल्ला कमजोर बन्दै
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
12 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
17 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
1 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
1 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
2 दिन पहिले
