कमल साह
जनकपुरधाम,चैत्र २२ गते । दुधमती नदी सडक कोरिडोरको शिलान्यास संघीय शहरी विकास मंत्री रामकुमार झाक्रीले एक समारोह बीच गर्नुभएको छ ।
धार्मिक तथा सांस्कृतिक दुधमती कोरिडोर सडक निर्माण तथा सौन्दर्यकरण आयोजना आन्तर्गत सो शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।
शिलान्यस स्थल वडा–२३ बेलाको गोवारागाछी भने ठाउँमा विहिवार सम्पन्न भएको छ । यो स्थल जनकपुरधाम वार्ड नं.७ जानकीनगर र २३ नं.बेला गाउँबीच जोडने दोश्रो सडक रहेको छ ।
रामायणकालिन धरोहर दुधमती नदी संरक्षण तथा सौन्दर्यकरण कार्यक्रम संघीय सरकारद्वारा आरम्भ भएको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथी संघीय शहरी विकास मंत्री रामकुमारी झाँक्रीले यो आयोजनाले दुधमती नदीको संरक्षण सम्बर्धन,सौन्दयकरणसंगै यस क्षेत्रको व्यवस्थित वस्ती विकासमा सहायक सिद्ध हुने बताउनु भयो ।
सो कार्यक्रममा शहरी विकास संघीय आयोजनाका डीई प्रदिप खनाल ले यस आयोजनाको पहिलो चरणमा भ्याटसमेत १४ करोड छुट्याएर जानकारी गराउनु भयो ।
उहाँले दुधमती सौन्दर्य बहुबर्षिय कार्यक्रम अन्तर्गत यसवर्ष जनकपुरधाम– जलेश्वर जाने बाटोदेखि उत्तर र जनकपुरधाम– वालवा जाने बाटोदेखि दक्षिणमा झण्डै १ कि.मी. क्षेत्रमा ढुंगाको गाह्रो लगाउने कार्यक्रम हुने बताउनु भयो ।
डीई खानाले दुधमती नदी क्षेत्र खाली भएको ले यसलाई नमुना रुपमा विकास गर्ने योजना रहेको भन्नुभयो ।
यस आयोजना अन्तर्गत दुधमती नदीको दुबै किनारमा फलपूmलको बोट,सडक,साईकल लेनसंगै नदी वारीपारी गर्न पुल तथा सडकको विकास गर्ने भावि योजना रहेको उहाँले थप्नुभयो ।
जनकपुरधाम उप–महानगरपालिकाको १४ किलोमिटर भू–भाग दुधमती नदीले छोइरहेको क्षेत्रमा नदीको दुबैपटीबाट सडक बनाउनेगरी भावी योजना रहेको उहाँले जानकारी गराउनु भयो ।
यस आयोजना अन्तर्गत दुधमती नदीको पानी बग्ने भागको चौडाई ८ मिटर हुने, नदीको दुबै किनारामा सलोप बनाएर पर्खाल लगाउने र त्यसमा ३ मीटर फाण्डेशन बनाएर ढुंगा जोडदै २.५ मीटर अग्लो हुनेछ । सो शिलान्यास कार्यक्रमका विशिष्ठ अतिथी जानकी मन्दिरका रोशन दास वैष्णव रहनु भएको थियो । त्यस कार्यक्रममा गोविन्द सेवा समितिका अध्यक्ष राघवेन्द्र साह लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थिए ।
त्रेता युगकालिन दुधमतीको नदीको उद्गम स्थल धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका क्षेत्रमा भएको छ । र महोत्तरीको मटिहानीस्थित विगही नदीमा विलय हुन्छ ।
श्री सीता जी को जन्म हुँदा उनलाई दूध खुवाउन कामधेनु गाई धर्तीमा आएकी थिइन् । कामधेनु गाईले आफ्नो स्तनबाट दूधको धारा बगाएपछि नदी बनेको धार्मिक मान्यता हो ।
दुधमती नदी कोरिडोर सडकको शिलान्यास
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
12 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
17 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
1 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
1 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
2 दिन पहिले
