सन्जु कर्ण, सर्लाही,
सर्लाही, चैत्र १९ गते । बहुजन एकता पार्टी नेपालले आज (शनिवार) ईश्वरपुर नगरपालिका ५ नरेशखोरमा पार्टीका कार्यकर्ताहरु सँग भेटघाट कार्यक्रम सम्मपन्न गरेको छ ।
बहुजन एकता पार्टी नेपाल हरिवन नगर कमिटीको साथीहरुलाई उम्मेदवार छनौट सम्बन्धि पार्टीको नीति र निर्देश दिनको लागी भेटघाट कार्यक्रम गरिएको हो ।
बहुजन एकता पार्टी नेपाल ईश्वरपुरका अध्यक्ष हरि बहादुर रोक्काको अध्यक्षतामा भएको कार्यक्रममा बहुजन एकता पार्टी नेपाल का बरिस्ठ नेता तथा केन्द्रिय संगठन प्रभारी राजा राम पसवानको प्रमुख आतित्यथा रहेको थियो ।
अन्य अतिथीहरुमा बिन्दिलाल महरा ,अबधेश महरा लगायत को गरिमामय उपस्तिथि रहेको थियो ।
बहुजन एकता पार्टी नेपाल हरिवन नगर कमिटीको साथीहरुलाई उम्मेदवार छनौट सम्बन्धि पार्टीको नीति र निर्देशन दिनुका साथै बिभिन्न बिषयमा छलफल गरिएको यस कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका बहुजन एकता पार्टी नेपाल का बरिस्ठ नेता तथा केन्द्रिय संगठन प्रभारी राजा राम पसवानले बताउनु भयो ।

