सन्जु कर्ण, सर्लाही,
सर्लाही, चैत्र १ गते । सर्लाहीको हरिवनमा आज (मंगलवार) नेकपा एकीकृत समाजवादीले होलि शुभकामना कार्यक्रम एवं नगर कमिटीको शपथग्रहण तथा वैठक सम्पन्न गरेको छ ।
नगर कमिटीका पदाधिकारी केही समय पहिले नै चयन भए पनि कमिटीले आज (मंगलवार) पुर्णता पाएको हो । हरिवन नगरपालिका वार्ड नम्वर ४ को गेलामा ७१ सदस्यीय नगर कमिटीलाई शपथग्रहण गराईएको थियो ।
नगर अध्यक्ष चूडामणि वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी पोलिट्व्युरो सदस्य लक्ष्मण पौडेलले शपथग्रहण तथा प्रमाण पत्र प्रदान गर्नु भएको पार्टीले जनाएको छ ।
कार्यक्रममा पार्टी केन्द्रीय सदस्य डिल्ली प्रसाद उप्रेती एवं वेची लुंगेली, जिल्ला अध्यक्ष सुरेन्द्र लामा, संविधान सभा सदस्य प्रकाश पाख्रीन, पार्टी नेता उत्तरकुमार मैनाली, कर्ण वहादुर लुंगेली, सरिता पाख्रीन, गिता घिसिड. लगायतले होली पर्वको शुभ कामना दिनुभएको थियो ।
नगर अध्यक्ष चूडामणि वाग्लेका अनुसार नगर कमिटीको वैठकले अव वडा कमिटीहरुलाई पुर्णता दिने, वार्ड वार्डमा पार्टी कार्यालय खोल्ने, कलम छापको प्रचारको लागि विशेष योजना वनाएर गाउ गाउ पुग्ने निर्णय गरेको छ ।
होली पर्वलाई उच्छृखल वन्न दिनु नहुने सन्देश दिदै सामुहिक रुपमा होली खेलेर कार्यक्रम सम्पन्न गरिएको पार्टीका युवा नेता भरत कुमार कार्कीले जानकारी दिनुभयो ।
हरिवनमा नेकपा एकीकृत समाजवादीले होलि शुभकामना कार्यक्रम एवं नगर कमिटीको शपथग्रहण कार्यक्रम सम्पन्न
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
12 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
17 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
1 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
1 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
2 दिन पहिले
