कमल साह
जनकपुरधाम,फागुन २२ गते । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धनुषामा सभापति पदका लागि उम्मेदवारी दर्ता गराउनु भएका तिनैजना प्रतिस्पर्धामा रहेका छन ।
धनुषामा काँग्रेस सभापति पदसमेत कार्यसमिति निर्वाचनका लागि बिहिबार मानोनयन पत्र दाखिला सम्पन्न भएको छ । त्यसमा
जनकपुरधामस्थित कांग्रेस पार्टी कार्यालयमा संस्थापन पक्षबाट एक जना र संस्थापन इतर पक्षबाट २ जनाले उम्मेदवारी दिएका छन् । संस्थापन पक्षबाट वर्तमानकार्य समितिका जिल्ला उपसभापति संतोष यादवले सभापति पदमा मनोनयन दर्ता गराएका छन् । र सोही समूहबाट सभापति पदका लागि क्षीरेश्वरनाथ नगरपालिकाका मेयर समेत रहनु भएका योगेन्द्र पंजियार ले उम्मेदवारी दर्ता गराएका छन ।
उसैगरी संस्थापन पक्षबाट संविधान सभा सदस्य समेत रहनु भएका दिनेश प्रसैला यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
योगेन्द्र पजियारलाई विमलेन्द्र निधि गुटका रामसरोज यादव लगायतले सघाईरहनु भएका छन । त्यस्तै संतोष यादवलाई महेन्द्र यादव,आनन्द प्रसाद ढुंगानाले लगायतले सघाई रहेका छ ।
संस्थापन पक्षका उम्मेदवार दिनेश प्रसैलालाई शेखर कोइराला गुटले सघाई रहेका छन् ।
तीनवटै उम्मेदवार प्रतिस्पर्धामा रहेको ले यसपाली बाजी को मार्ला अहिल्ये भन्नसकिने अवस्था रहेको छैन । तर, धनुषा काँग्रेसका सभापति पदका लागि पुनः निर्वाचन गराउनुपर्ने अवस्था सृजना हुनेदेखिन्छ । किनकि नेपाली काँग्रेसको विधान अनुसार सभापति पदमा निर्वाचित हुनको लागि ५१ प्रतिशत मत ल्याउनु पर्नेछ । तर यहाँ ५१ प्रतिशत मतबाट विजयी हुने सम्भावना कुनै उम्मेदवारमा देखिदैनन ।
यता, जिल्ला कार्य समितिको उपसभापतिका लागि ६ जनाको उम्मेदवारी दर्ता गराएका छन । उपसभापति पदका लागि गणेश प्रसाद जयसवाल, हरिशंकर साह, राम सोभित दाहा, सुरेन्द्र प्रसाद चौधरी,गणेश झा र लक्ष्मीनारायण यादवले मनोनयन दर्ता गराएका छन ।
त्यसैगरी सचिव पदका लागि ९ जनाले उम्मेदवारी गराएका छन् । त्यसमा नरेश यादव, श्याम चन्द्र यादव, नवल किशोर यादव, प्रभाकर झा, केवल ठाकुर, धिरेन्द्र मोहन झा, शिवशंकर कुमार गोइत, दिपेन्द्र कुमार भडखेर र कन्हैया कुमार कर्णले उम्मेदवारी दिएका छन् ।
उसैगरी सहसचिव पदमा ६ जनाले उम्मेदवारी दिएका छन् । उक्त पदका लागि धर्मनाथ यादव, सुरेश कोइराला, महेश कुमार बस्नेत, इन्द्र कुमार महतो, विजय कुमार यादव र मो. साकिर राइनले उम्मेदवारी दिएका छन्।
धनुषा काँग्रेसका सभापति दावेदार तीनै प्रतिस्पर्धामा
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
13 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
18 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
1 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
