कमल साह
जनकपुरधाम, फाल्गुन १० गते । झण्डै चारदशकदेखि नेपालमा उत्पादन गर्नको लागि रोक लगाएको गंजा खेती अब फेरी हुने सुनेर किसान हर्षित भएका छन ।
गृह मन्त्रालयले नियन्त्रित लागुऔषध गाँजालाई औषधीय प्रयोगका लागि मापदण्ड बनाएर खेती गराउने तयारी भइरहेको जनाएको छ ।
सिंहदरबारमा गृह प्रशासन सुधार कार्ययोजना–२०७८ सार्वजनिक गर्दै मन्त्रालयका सचिव टेकनारायण पाण्डेले गाँजा प्रयोगको मापदण्ड बनाउन लागेको बताउनु भयो । उहाँले गाँजाको व्यवस्थित उत्पादन र प्रयोगको मापदण्ड बनाउँदै छौं भन्नुभयो ।
गृहमन्त्री बालकृष्ण खाणले माघ २४ गतेमा सार्वजनिक गर्नुभएको गृह प्रशासन सुधार कार्ययोजनाको २१ नम्बर बुँदामा गाँजाको औषधीय प्रयोगबारे उल्लेख गरिएको छ । गाँजाको औषधीय प्रयोगका लागि ६ महिनाभित्र कार्यविधि तयार गर्ने मन्त्रालयले तयारी गरिरहेको छ । यसबारेमा नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले काम गरिरहेको छ ।
कार्ययोजना अनुसार ६ महिनापछि गाँजाको औषधीय प्रयोगका लागि अनुसन्धान एवं औषधीजन्य उत्पादनको आधारशिला तयार हुने मन्त्रालयका सहसचिव डा.भीष्मकुमार भुषालले बताउनु भयो । उहाँले भन्नुभयो, ‘संयुक्त राष्ट्रसंघको गाँजा खुल्ला गर्ने नीतिमा हामीले हस्ताक्षर गरेका छौं, रिसर्चहरुले पनि गाँजाको औषधीय मूल्य देखाएको छ ।’
विश्वका ७ मुलुकमा गाँजालाई नियन्त्रित रुपमा खेती गर्न अनुमति दिइएको छ ।त्यसमा अमेरिका,इजराईल, जर्मनी लगायतका देशहरु छन । औषधिजन्य प्रयोगका लागि गाँजा खेतीका लागि अनुमति दिन गृहले ‘अवधारणापत्र’ मन्त्रिपरिषदमा पेश गरिसकेको छ । लागु औषध नियन्त्रण ऐन–२०६३ ले पनि नियन्त्रित रुपमा गाँजाको खेती र प्रयोग गर्न नरोकेको सहसचिव भुसालले बताए । उनले भने–‘औषधि व्यवस्था विभाग र वनस्पति विभागबाट व्यवस्थित खेतीका लागि अनुरोध आएको छ ।’
मुलुकमा हुँदै आएको गांजा खेतीमाथि झण्डै चार दशक अघि नेपाल सरकारले रोक लगाएको थियो । तर, त्यसको खेती आजका दिनसम्म हुँदै आएको तथ्याँकहरु पाईन्छन । नेपाल प्रहरीलगायतले यस वर्ष पनि विगहाँै गांजा खेती नष्ट गरेकोबाट समेत सो कुरा प्रष्ट भइरहेको छ ।
गृह मंत्रालयले गांजा खेतीको लागि कार्य योजना बनाईरहेको खबर पाएर किसनहरु हर्षित भएका छन ।
बेला गाउँका एक जना किसान बिन्देश्वर साह भन्छन, गंजा खेती भईरहँदा हाम्रो गाउँका किसान ले ५०–६० वर्ष अघि कार खरिद गरेको थियो । जुन बेला जनकपुरधाम–भिठामोड सडक समेत कच्चि बाटो रहेको थियो ।
तर, गाँजा खेती बन्द भएको बेलादेखि नै गाँउमा आय आर्जनको लागि कुनै यथेष्ट कार्यक्रम भई नरहेको उहाँ बताउनु हुन्छ ।
उहिल्येको जबानामा गाँजा खेती धनुषा,महोत्तरी र सिरहाको एक एक गाउँ नामी रहेको थियो । सिरहाको माडर,धनुषाको लादो बेला र महोत्तरीको अजमरपट्टी गाँजा उगाउनमा एक नम्बरको मानिन्थ्यो ।
गाँजा खेतीको लागि गृह मंत्रालयले मापदण्ड बनाउँद
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
13 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
17 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
1 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
