कमल साह
जनकपुरधाम,माघ १६ गते । जनकपुर–जयनगर रेल सेवा संचालनमा आउनु भन्दा अघिबाट नै भ्रष्टाचारको कुरा छर्लंग भएको छ ।
जयनगर–जनकपुर–बर्दिवास रेल्वेको कार्यालय जनकपुरधाममा राख्ने योजना तहत रेल्वे विभागले टेण्डर अह्वान गरेको थियो । ३ तल्ले भवन संगै पर्खाल निर्माणसमेतका लागि ७ करोडको लागतमा भवन निर्माण भईरहेको छ ।
तर, कार्यालयको पर्खालमा लाग्दै गरेको गारहोमा एक नंम्बर ईटको सट्टा दुई नम्बर जोराई भइरहेको भएपनि रेल्वेले कुनै वास्ता नगरिरहेको स्थानिय युवाहरु बताउछन ।
जनकपुर रेल्वे स्टेशन संगै निर्माण भईरहेको कार्यलय भवन तथा पर्खालको अनुगमन नभईरहेको बारेमा कतिपल्ट गुणासो समेत गरिदा कोहि हेर्न नआएको स्थानियहरु बताउँ छन ।
झण्डै १०–१२ कठ्ठा क्षेत्रफलमा रेल्वेको कार्यलाय निर्माण गर्नु सकारत्मक कुरा हो । तर, त्यहाँ निर्माण भईरहेको पर्खालमा भईरहेको चरम लापर्वाही महाप्रवन्धक झा ले अनुगमन समेत गर्न नसक्नुबाट भ्रष्टाचारको कडी जोडिएको उदांगीदै छ ।
त्यहाँ कार्यरत मिस्त्री र मजदुरले समेत ईंट दुई नम्बर रहेको स्वीकार गर्दैछन । उनिहरु ले माटो मुनि झण्डै अढाई फिट सम्म दुईनम्बर ईंट नै लागेको हो बताउँदै जमिन माथि एक नम्बर ईंट हो थप्दछन् ।
मुसलिम थर भएका सुचन मिस्त्रीले म काम गर्ने व्यक्ति हुँ बताउँदै काम लगाउनको लागि जे समान दिईयो सो लगाउँदै आएको भनेका छन ।
यसबारेमा रेल्वेका महाप्रवन्धक निरंजन झा संग बुझन खोज्दा उनि सम्पर्क हुन सकेन ।
यता, रेल्वे स्टेशनमा हाल संचालन भईरहेको कार्यालयमा जाँदा त्यहाँ अवकास प्राप्त कर्मचारीले धर्ना बसेको पाए ।
जनकपुर रेल्वेका अवकास प्राप्त कर्मचारीले गर्दै आएको आन्दोलन प्रति महाप्रबन्धक झा ले कुनै वास्ता नगरेको पिडीत कर्मचारीहरु बताउँछन ।
जनकपुर रल्ेव संचालन ताका कर्मचारीसंग भएको सम्झौता पनि रेल्वेले पुरा गर्नसकेको छैन । रेल्व विभागले प्राविधिक तर्फका कर्मचारीलाई काम दिने सम्झौता गरेको थियो । तर, उनिहरुलाई भर्नाका लागि कुनै सहमति नभएको पूर्व कर्मचारीहरु बताउँ छन ।
जनकपुर रेल्वेमा रहेको प्रविधिक तर्फका ५० जना कर्मचारीहरु मध्ये कसैसंग कुनै सम्झौता रेल्वेका महाप्रबन्धक झा ले गर्नुभएको छैन ।
जनकपुर रेल्वेको सेवा अवरुद्धपछि अवकास पाएका प्राविधिक कर्मचारीलाई प्राथमिकता दिने सहमति भएको थियो । तर, त्यो सहमति अनुसार हालसम्म उनिहरुलाई नियुक्तीको लागि कुनै सहमति नभएको बताउँछन ।
भनिन्छ, पूर्व कर्मचारीहरु बाट ३–३ लाख असुल गर्ने लक्ष्य लिईएको ले नै महाप्रबन्धक झा ले उनिसंग सम्झौता गर्न आलटाल गरिरहेका छन ।
यत्ता, रेल्वे संचालनमा आउनु भन्दा कतिपय बैट्रीक चोरी भएको रहष्यमय कुराहरु एक पछि अर्का बाहिरीदै छ ।
रेल्वेका निर्माणधिण पर्खालले भ्रष्टाचार उदांगिदै
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
14 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
18 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
