कमल साह
जनकपुरधाम,मंसिर १९ गते । ३० औं अन्तर्राष्ट्रिय अपांगता दिवस अवसरमा नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र धनुषा शाखाले रा¥याली तथा दीप प्रज्वलनगरी मनाईयो ।
अपांग संघ धनुषा शाखाले विहानमा रा¥याली प्रदर्शन र साँझ पखमा दीप प्रज्वलनगरी गरेर सचेतना मुलक सन्देश दिएको छ ।
‘हाम्रो प्राथमिकताको आधार अपांगता भएका व्यक्तिहरुको अधिकार’ राष्ट्रिय नारासहितको सचेतना मुलक रा¥याली जिल्ला समन्वय समितिका सभापति रामदेव बनरैत यादवले प्रमुख अतिथ्यको आसनबाट शुभारम्भ गर्नुभयो ।
नेपाल अपांग खगेन्द्र नवजीवन केन्द्र जनकपुर शाखाका सभापति नन्दकिशोर साह को नेतृत्वमा आरम्भ भएको जनचेतना मुलक रा¥याली नेपाल अपांग संघ शाखा कार्यालायबाट निस्केर रामानन्द चौक, प्रादेशिक अस्पताल हुँदै जानकी र त्यसपछि जानकी पथ भएर जनकचौकमा पुगेपछि सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा नेपाल अपांग महासंघका राष्ट्रिय महासचिव शिवचन्द्र साह विशिष्ट अतिथी रहनु भएको थियो । सो कार्यक्रममा एम्नेस्टी इन्टर नेशलन नेपाल समुह(युवा) ५७ समुह का संयोजक एवं पत्रकार कमल साह, नैना अस्पतालका उमेश यादव लगायतका व्यक्तित्वहरुको उपस्थिति रहियो ।
जनकपुरधाम उप–महानगरपालिका,राष्ट्रिय मानव अधिकार आयोग, जानकी महिला जागरण समाज,अर्थोपेडीक अस्पताल, असमान नेपाल,एम्नेष्टी इन्टर नेशनल समुह–५७ लगायतका संस्थाहरुको सहभागिता रहेको थियो । त्यस रा¥यालीमा अपांगता भएका व्यक्तिहरुको सक्रिय सहभागिता रहेको थियो ।
अपांग दिवसको अवसरमा अपराह्नमा दीप प्रज्वलन गरिएको थियो । यहाँका ऐतिहासिक स्थल रामानन्द चौकमा आयोजित दीप प्रज्वलन समारोहमा अपांग संघका पदाधिकारी, अपांग प्रति सकारत्मक सोंच राख्ने भद्रजन तथा विभिन्न संघ संस्थाका व्यक्तित्वहरु सहभागी रहेका थिए ।
नेपाल अपांग संघ धनुषा ले मनाए झैं अधिराज्य व्यापि डिसेम्वर ३ को सेरोफेरोमा विभिन्न कार्यक्रम गरि मनाएको छ ।
अपांग दिवस मनाउने चलन सन् २००६ मा संयुक्त राष्ट्र संघले अपाङ्गता भएका सबै व्यक्तिहरुबाट हुने सम्पूर्ण मानव अधिकार तथा मौलिक स्वतन्त्रताहरुको पूर्ण र समान उपभोग सम्बर्धन, संरक्षण एवं सुनिश्चित गर्नु तथा उनीहरुको नैसर्गिक मर्यादाको सम्मानको संवद्र्धन गर्न –धारा १ ९ऋच्एम्० । महासन्धि घोषणा गरिएको छ । हालसम्म यो महासन्धिलाई विश्वका ८७ राष्ट्रहरुले अनुमोदन गरिसकेका छन् भने १४५ राष्ट्रहरुले हस्ताक्षर गरिसकेका छन् ।
अपांग सघले रा¥याली तथा दीप प्रज्वलनगरी अपांगता दिवस मनाईयो
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
14 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
19 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
