कमल साह, जनकपुरधाम
जनकपुरधाम, आश्विन ११ गते । जनकपुरदेखि जयनगरसम्म चल्ने रेल सेवा आजसम्म संचालमा आउन नसक्नु रेल्वे कम्पनी को व्यवस्थापकीय कमी कमजोरी नै प्रमुख कारण रहेको छ ।
पूर्वाधार बनेपछि दुई वर्षअघिबाट जनकपुर(जयनगर रेल सेवा सञ्चालनमा आइसक्नुपर्ने थियो । तर, रेल्वे कम्पनीले जनशक्ति र प्राविधिक व्यवस्थापनको काममा ढिलाई गर्दा लक्ष्य पछाडी सरिरहेको हो । जुनकुरा भारतबाट १ वर्ष अघि रेल आईपुगेपनि थन्किएकोबाट स्पष्ट भईरहेको छ ।
भारत सरकारको सहयोगमा जयनगर(जनकपुर टूयाक निर्माण भएको झण्डै डेढ वर्षपछि आएको रेल एक वर्षदेखि थन्किएको भएपनि चल्ने काँट छाँट बन्नसकेको छैन ।
नेपाल सरकारले खरिद गरेको रेलको एक वर्षे वाईरेन्टि समाप्त भएपनि चल्न कुनै सुरसार देखिदैनन् किनकि रेल्वे कम्पनी ले भर्ना गरेको कर्मचारीलाई समेत अवकाश दिएइएको छ । यस्ले गर्दा रेल संचालन हुने समय कोसो दुरी देखेर धनुषावासी निरुत्साहित बन्दै छन ।
जनकपुरधामदेखि जयनगर सम्म रेल सञ्चालनका लागि नियुक्त गरिएका १ सय ५१ कर्मचारीलाई नेपाल रेल्वे कम्पनी लिमिटेडले हटाएको छ ।
रेल सञ्चालनमा आउने निश्चित भएपछि रेल्वे कम्पनीका तत्कालीन प्रबन्धक सञ्चालक गुरु भट्टराईले ज्यालादारीमा झण्डैं एक सय पचास कर्मचारी नियुक्त गर्नुभएको थिए । ती कर्मचारीलाई नवनियुक्त प्रबन्धक सञ्चालक निरञ्जन कुमार झा ले हटाएका छन् । प्रबन्ध सञ्चालक झा ले ज्यालादारीका १ सय ५१ जना कर्मचारीलाई हटाएको छ ।
जनकपुर(जयनगर संचालनमा आउने रेल गतवर्ष असोज २ गते यहाँ आएपछि कुर्थासम्म टूयल पनि भएको थियो । महिनौसम्म भारतको हाजिपुरमा थन्केको रेल २०७६असोज १ गते साँझ साढे सात बजे जयनगर स्टेशनमा आईपुगेको थियो ।
दुई ईन्जन समेत आएको रेल पुनः जयनगर स्टेशनमा पुर्याएर थन्काइएको थियो । किनकी रेल संचालनको मिति तय हुन नसकेको ले त्यहाँ त्रिपालले छोप्ने काम भएको थियो । त्यो त्रिपाल च्यातिदा हावाको झोंकले कोसो पर लगेको छ । तर,रेल कहिल्येदेखि संचालनमा आउने हो रेल्वे विभागका अधिकारीहरु समेत अनभिज्ञ रहेका छन ।
पहिला पहिला रेल गत महिनाको विवाह पंचमी महोत्सव अवसरमा संचालन हुने बताएको थियो ।
जनकपुरधाम ल्याईएको पाँच वटा बोगीमा एक डब्बा एसीसहितको दुई वटा रेल ईन्जन नेपाल सरकारले ८४ करोड ६५ लाखमा खरिद गरेको हो । रेलको एउटा सेटमा १३ सय यात्रु बोक्ने क्षमता रहेको जनाएको छ ।
सरकारकै कमजोरीले एक वर्षदेखि थन्किदै आएको रेललाई गुड्ने साईत आएन
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
16 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
21 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
