सन्जु कर्ण, सर्लार्ही,
असोज ३ गते । नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुले पुर्व प्रधानमन्त्री केपी ओलीले घाईते पारेको संविधानलाई आफुहरुले वचाएको दावी गरेका छन ।
आज (आईतवार) सर्लाहीको हरिवनमा उक्त पार्टीको नगर कार्यालय उद्घाटन तथा सातौ संविधान दिवस समारोहमा वोल्दै पार्टीका नेताहरुले यस्तो दावी गरेका हुन ।
कार्यक्रमका प्रमुख अतिथी पार्टीका सर्लाही इन्चार्ज लक्ष्मण पौडेलले केपी ओलीले दुई चोटी संसद विघटन पारेर मुर्छा पारेको संविधानलाई सर्वोच्च अदालतको फैशला र आफुहरुको आन्दोलनले व्युताएको वताउनुभयो । उहाले नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालको नेतृत्वमा देशको संविधान र व्यवस्था वचेकाले सबैलाई यही पार्टीमा गोलवन्द हुन आव्हान गर्नुभयो । पार्टीका नगर कमिटीका अध्यक्ष चूडामणि वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी नेताहरु वेची लुंगेली, सुरेन्द्र लामा, गोविन्द अधिकारी, उत्तर मैनाली, जय गोले लगायतले नेकपा एमालेको नेतृत्व उल्टो दिशा तर्फ चलेकोले पार्टीबाट बिद्रोह गर्नु परेको दाबी गर्नुभयो ।
हरिवन चौकमा उक्त पार्टीको नगर कमिटी कार्यालय पनि आजै (आईतवार) नै उद्घाटन गरिएको नगर सचिव किशोर मिक्चनले वताउनुभयो । यसै विच नेकपा एकिकृत समाजवादीमा आवद्ध नगरपालिकाका जनप्रतिनिधिको भेलाले नगर संसदीय दल चयन गरेको छ ।
वार्ड नम्वर ५ का वडा अध्यक्ष समेत रहनु भएका नागेन्द्र कुमार साह संयोजक, वार्ड नम्वर ४ का अध्यक्ष धन वहादुर वाईवा सह संयोजक र वोर्ड सदस्य लिली घिसिङ प्रवक्ता रहेको संसदीय दल गठन गरिएको नगर अध्यक्ष चूडामणि वाग्लेले जानकारी दिनुभयो । हरिवन नगरपालिकाका १६ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टीमा आवद्ध हुन सनाखद गरेका थिए ।
नेकपा एकीकृत समाजवादी पार्टीको नगर कार्यालय उद्घाटन तथा सातौ संविधान दिवस मनाउदै
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
16 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
21 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
