रंजित चौरसिया, वीरगंज,
वीरगंज आश्विन २ गते । नेपालमा सबै भन्दा बढी राजस्व उठने नाकाको रुपमा मानिएको वीरगंजबाट दैनिक राजस्वमा कमी आउनु पनि प्रहरीकै कारण रहेको बारे उजागर भएको छ । पर्सा जिल्लाको अमरपटी नाकाबाट दैनिक करोडौ बराबरको लताकपडा अवैध तरिकाले नेपाल भित्रिएपनि स्थानीय प्रहरी प्रशासन मात्र रकममा लिप्त रहेका हुन ।
बिगत एक महिना अगाडी प्रहरी चौकी अमरपटीको कमाण्ड सम्भालेका प्रहरी सहायक निरीक्षक विराज सिंहले तस्करीको लाइन नै सुचारु गरेको पाइन्छ । पर्सा जिल्लाको कारागारमा दरबन्दी रहेको प्रहरी सहायक निरीक्षक केही महिना अघि प्रहरी चौकी मिलनचौकमा कार्यरत रहेका थिए । प्रहरी सहायक निरीक्षक सिंह मिलनचौकमा हुदा काठ तस्कर संग समन्वय गरी काठ तस्करीबाट रकम उठाउन पल्केका थिए । प्रहरी सहायक निरीक्षक युवा भएकै कारण जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम टोलीका प्रमुखले उनलाई तानेर क्राइम टोली शाखामै राखेका थिए । तर क्राइम टोली बिभाजन हुने संघारमा पुगेपछि प्रहरी चौकी अमरपटीको जिम्मा सिंहलाई दिइयो ।
यता प्रहरी चौकी अमरपटीको कमाण्ड सम्भालेको एक महिना नबितिदै आफु क्राइम टोलीबाट आएको भन्दै उक्त नाकाबाट ठूला वडा तस्करीको लाइन सुचारु गरेको छर्लङ भएको छ । भाद्र २१ गते जिल्लाका नामुद तस्कर रामेश्वर भनिनेलाई प्रहरी चौकीमा बोलाई मासिक ४ लाख रुपैया बुझे पश्चात कपडा तस्करको लाइन सुचारु भएको प्रहरी श्रोतले जनाएको छ । जिल्लाकै सबै भन्दा ठुलो तस्करको रुपमा चिनिने रामेश्वरले स्थानीय प्रहरी प्रशासनलाई मोटो रकम बुझाए पश्चात टेम्पुको माध्यमले कपडा भित्रयाउने गरेको र जगरनाथपुर चौक नजिकै ट्रकमा लोड गर्ने गरेको श्रोतको दावी रहेको छ ।
उहाले आफ्नो नाम सम्प्रेषण नगर्ने सर्तमा प्रहरी चौकी अमरपटीका प्रमुख प्रहरी सहायक निरीक्षक विराज सिंहले एक जना पत्रकारको इशारामा लाइन सुचारु गरेको बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले अमरपटी नाकामा व्यापक कडाई गर्न निर्देशन दिएपनि प्रहरी सहायक निरीक्षक सिंह साझको समयमा मदिरामा धुत हुने गरेको र मालसमान कटाउन निर्देशन समेत दिने गरेको बताए । त्यति मात्र नभई टेम्पूमा मालसमान कटाउनु अघि आफै स्कटीङमा समेत हिडने गरेको, उनले बताए ।
प्रहरी सहायक निरीक्षक विराज सिंहको वीरगंज कारागारमा दरबन्दि रहेपनि क्राइमको नामले प्रहरी चौकी अमरपटीको कमाण्डर बन्न सफल भएका छन । क्राइमको नाम भजाउदै कर्मचारीदेखी स्थानीयलाई समेत पिडा दिदै आएको श्रोतको दावी रहेको छ । यस बिषयमा समयमै सम्बन्धीत निकायले ध्यान नपुरयाए अगामी दिनमा प्रहरी संगठन माथि सर्वसधारण विश्वास उठने संकेत देखा परेको छ ।
एनि हाउ पैसा कमाउ भन्ने उख्खानमा प्रहरी सहायक निरीक्षक सिंह, सम्बन्धित निकाय मुखदर्शक
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
16 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
21 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
