कमल साह, जनकपुरधाम
जनकपुरधाम, आश्विन २ गते । मिथिला नगरपालिकाले आफ्ना नगर क्षेत्रभित्रका करिब साढे चार हजार जेष्ठ नागरिकलाई असोज १५ गते सम्मान गर्नेछ ।
अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा मिथिला नगरपालिका जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम अगाडी बढाउँदै छ । मिथिला नपामा ४५ हजार १ सय ६४ कूल जनसंख्या रहेको मेयर हरिनारायण महतो ले जानकारी गराउँदै हाम्रो नगरपालिकामा ६० वर्ष भन्दा माथिका करिब साढे चार हजार नागरिक रहेको थप्नुहुन्छ ।
मिथिला नगरपालिकाको १० वटै वडामा रहेको जेष्ठ नागरिकलाई अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको दिन सम्मान गर्ने हाम्रो कर्याक्रम रहेको उहाँले बताउनु भयो ।
संयुक्त राष्ट्र संघले १ अक्टुवरलाई अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस घोषणा गरेको छ । सो दिन यस वर्ष असोज १५ गते रहेको हुनाले सोही दिन जेष्ठनागरिकलाई सम्मान गर्ने कार्यक्रम अगाडी बढाएको मिथिला नपा का कार्यकारी अधिकृत रचिन्द्र डंगोल ले बताउनु भयो ।
उहाँले जेष्ठ नागरिकलाई पर्ने आवश्यक साम्रगीहरुबाट हामी सम्मान गर्न लागेको थप्नुभयो । नगर क्षेत्र भित्रका प्रत्येक जेष्ठ नागरिकलाई टर्च लाईट, टुथपेष्ट, टुथ ब्रश,गम्छा लगायतका एक–एक थान सामग्री एउटा झोलामा हालेर दिने योजना रहेको उहाँले जानकारी गराउनु भयो ।
उहाँले एक जेष्ठ नागरिकलाई छ सय साढे छ सय बराबरको उक्त सामग्री हुने बताउनु भयो । जेष्ठ नागरिक सम्मान कार्यक्रम वृहत्तर रुपमा कार्यालयमै आयोजना हुने बताउँदै थप्नुभयो सो कार्यक्रममा सहभागि हुन नसक्ने जेष्ठ नागरिकलाई वडा स्तरमै गएर वितरण गरिनेछ ।
मिथिला नगरपालिका अन्तर्गत १० वटा वडा रहेको छ । सो वडाभरीका ग र घ वर्गका अपांगलाई मासिक ५ भत्ता वितरण गर्ने जिल्लाको पहिलो नगरपालिका रहेको छ । क र ख वर्गका अपांगलाई सरकारले अपांग भत्ता प्रदान गर्दैछ ।
मिथिला नगरपालिकाले साढे चारहजार जेष्ठ नागरिकलाई सम्मान गर्दै
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
16 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
21 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
