कमल साह, जनकपुरधाम
जनकपुरधाम, भाद्र १८ गते । यहाँका प्रादेशिक अस्पताल हातामा एक स्वास्थ्यकर्मीलाई कुटपीट गरिदा सुरक्षाकर्मी मौनदर्शक भएका छन ।
जनकपुरधाम प्रादेशिक अस्पतालमा कार्यरत एक महिला स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गरेको आरोपमा विहिवार स्वास्थ्यकर्मी देवेन्द्र ठाकुरलाई बाहिरका समुहले कुटपीट गरेका छन् । प्रादेशिक अस्पतालको हाताभित्रै गुण्डागर्दी शैलीमा सो समूहले अहेव ठाकुरमाथि कुटपीट गरेका हुन ।
अहेव ठाकुरलाई ‘इमर्जेन्सी केस’ रहेको भन्दै अस्पतालको नियमित बैठकबाट बोलाएर अस्पतालको प्राङ्गणमा सो समूहले कुटपीट गरेको थियो । अहेव ठाकुरले प्रादेशिक अस्पताल विकास समितिको बैठक चलिरहेको बेला आफूलाई एक जनाले बाहिर आउन आग्रह गरेको बताबताउनु हुन्छ । उहाँले आफू बाहिर गएपछि उनीहरुले योजनावद्ध ढङ्गले मलाई कुटपीट गरेको बताउनु हुन्छ ।
कुटपीटबाट घाइते भएका अहेव ठाकुर उपचार प्रादेशिक अस्पतालमा भएपछि घर फर्केका छन् ।
चिकित्सकमाथि हातपात भइरहँदा अस्पतालका सुरक्षाकर्मी मुकदर्शक भएर बसेका थिए । अहेव ठाकुरलाई कुटपीट भएको ठाउँमा चौबीसै घण्टा प्रहरीको टोली रहने गदर्छ । तर, अस्पताल परिसरमै स्वास्थ्यकर्मीमाथि कुटपीट हुँदा प्रहरी प्रशासनले कुनै कदम चाल्न सकेको छैन ।
यता,अस्पताल प्रशासनसमेत मौन भई बसेका छन् ।
चिकित्सक ठाकुरमाथि भएको कुटपीटमा कसको संलग्नता हो भन्ने प्रस्ट हुन सकेको छैन । कुटिएका अहेव ठाकुरले पनि को र कहाँकोबाट आफुमाथि आक्रमण भएको हो भन्नेबारे अनभिज्ञता प्रकट गर्नुहुन्छ ।
यसबारेमा धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेत संग बुझन खोज्दा उहाँले प्रादेशिक अस्पतालमा चिकित्सकमाथि हातपात भएको बारे आफूलाई कुनै जानकारी नभएको बताउनु हुन्छ ।
प्रादेशिक अस्पतालको हाताभित्रमै स्वास्थ्यकर्मीलाई कुटपीट
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
17 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
21 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
