श्याम कुमार यादब
सर्लाही, पुस २१ गते । बागमती सेवा समाज नेपालद्वारा वल्र्डभिजन इन्टरनेशनलको सहयोगमा संचालित बाल स्पोन्सरशिप परियोजना अन्तर्गत अन्यन्त जोखिम घरधुरीलाई खाद्यान्न सहयोग प्रदान गरिएको छ ।
संस्थाद्वारा आज पौष २० गते आयोजित एक कार्यक्रमका बीच हरिपूर्वा नगरपालिका वडा नं. ३ स्थित धनकौलमा मन्तोरिया देवी माझी र फूलो साह तथा पर्सा गाउँपालिका वडा नं. १ स्थित मुस्लिमटोलका रइमुल खातुनको परिवारलाई उक्त खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको हो ।
सो अवसरमा बोल्नु हुँदै बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्कीले विभिन्न कारणले जोखिममा परेका बालबालिकाका परिवारलाई लक्षित गरी राहत प्रदान गर्ने उद्देश्यले सहयोग हस्तान्तरण गरिएको बताउनुभयो ।
कोभिड १९ का कारण सृजित असामान्य परिस्थिति र परिवारको मुख्य व्यक्ति गुमाएका बालबालिकाका परिवारलाई तत्कालका लागि राहत दिने उद्देश्यले चामल, दाल, तेल, नून, चिनी, तरकारी, साबुन र बालबालिकाका लागि स्टेशनरी सामाग्रीहरु प्रदान गरिएको कुरा अध्यक्ष कार्कीले बताउनुभयो ।
यसैगरी हरिपूर्वा नगरपालिका वडा नं. ३ का अध्यक्ष धर्मराज सिंहले संस्थाले लामो समयदेखि जोखिम परिवारलाई सहयोग गर्दै आइरहेको र खाद्यान्न सहयोगले परिवारलाई राहत मिल्ने बताउनुभयो ।
विगत २ वर्षदेखि सर्लाही जिल्लाको हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिकामा वल्र्डभिजन इन्टरनेशनलसँगको साझेदारीमा संचालन भइरहेको बाल स्पोन्सरशिप परियोजना मार्फत बालबालिकाको चौतर्फी विकासका लागि पैरवी, सहयोग, क्षमता अभिवृद्धि र विभिन्न प्रकारका क्रियाकलापहरु संचालन भइरहेको बागमती सेवा समाज नेपालका परियोजना संयोजक कुमार भण्डारीले जानकारी दिनुभयो । बाल स्पोन्सरशिप परियोजनाबाट ३ हजारभन्दा बढी जोखिम वर्गका बालबालिका र तिनको परिवार लाभान्वित भइरहेको जानकारी संस्थाले दिएको छ ।
जोखिम घरधुरीलाई खाद्यान्न सहयोग
4 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
1 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
