कमल साह, जनकपुरधाम
जनकपुरधाम, भाद्र १६ गते । श्री गोविन्द जन्मोत्सव मनाउनको लागि सम्पूर्ण तयारी पुरा भएको छ । जनकपुरधाम उप–महानगरपालिका–२३ बेला गाउँ स्थित दुधमति नदीको किनार (तट) मा अवस्थति श्री गाणिनाथ श्री गोविन्द मन्दिर यतिखेर तोरणद्वारा ,पण्डाल तथा बिजुली बतिबाट झकिझकाउ भएको छ ।
श्री गोविन्द सेवा समितिका अध्यक्ष राघवेन्द्र साह ले जन्मोत्सव मनाउनको लागि सम्पूर्ण तयारी भई सकेको जनाएका छन ।
नखट् नन्दलाला श्री कृष्णको जन्मोत्सव पछि पहिलो शनिवार गोविन्द जन्मोत्सव मनाउने चलन उहिल्येदेखि चल्दै आएको हो । सो अनुसार आउँदो शुक्रबारदेखि श्री गोविन्द जन्मोत्सव यहाँ आरम्भ हुँदैछ ।
धार्मिक मान्यता अनुसार श्री गोविन्द को जन्म कृष्णाष्टमी तिथि पछि पर्ने शनिवार भएको हो । त्यसैले भगवान श्री गोविन्द को जन्मोत्सव शुक्रबारबाट नेपाल र भारतका विभिन्न शहरहरुमा मनाईदै छन ।
श्री गोविन्द सेवा समितिका अध्यक्ष राघवेन्द्र साह ले जनए अनुसार शुक्रबार विहानदेखि सीताराम सीताराम नाम जापको २४ घण्टे अष्टयामबाट आरम्भ हुँदैछ ।
कोरोना भाइरसको दोश्रो लहर जारी रहेको र संगै तेश्रो लहर आउने क्रममा रहेको ले संक्रमण फैल्न सक्ने भएको ले सामाजिक दुरी पालनगर्दै मास्क लगाएर मन्दिर भित्र प्रवेश गर्नको लागि सबै श्रद्धालु भक्तजनलाई आग्रह गर्दैछन ।
नेपाल अधिराज्य मै सबभन्दा पहिला स्थापित श्री गणिनाथ श्री गोविन्द मन्दिर हो । यस मन्दिरमा वि.सं.२०३० सालदेखि श्री गोविन्द पुजनोत्सव मनाईदै आएको हो ।
यसैगरी मिथिलांचलका प्रमुख शहर जनकपुरधाम, राजबिराज, जलेश्वर, वारको कलैया, विराटनगर, सिरहाको बस्तिपुर, रौतहटको शिवनगर र सुन्दरपुर, राजधानी काठमाण्डौमा श्री गोविन्दजीे जन्मोत्सव मनाउने कार्य शुक्रबारबाट आरम्भ हुँदैछन ।
श्री गोविन्द जन्मोत्सव मनाउनु भन्दा एक दिन अघि अर्थात् शुक्रवार पुजारीले दिनभरी निराहर रहि राती (बिडी खसाउने) निम्तोगर्ने चलन रहेको छ । सो अवसरमा पुजारीले बाबा श्री गणिनाथ महाराज,माता श्री छेमासती, बाबा श्री गोविन्द महाराज लगायत १४ देवान संगै गाउँ रक्षक नगर डिहवार देउताको समेत आमन्त्रण गरिसकेपछि सो राती नून बिनाका परिकार खाने गरिन्छ । कतिपय ठाउँमा अरुवा चावलको भात,मुंग या चानाको दाल र लसुन प्याजबाहेक बनाएको तरकारी समेत खाने गरिन्छ । त्यसको भोलीपल्ट शनिवारका दिन निराहार रहेर पुजारीले श्री गोविन्दको पूजा ढारने गरिन्छ । श्री गोविन्दको जन्मोत्सव सफलतापूर्वक सम्पन्न गर्न उहाँका पिता श्री गणिनाथ महराज,आमा (क्षेमासती) खेमासती समेत १४ देवानलाई पूजा गरिन्छ । १४ देवानमा पर्नेहरुमा दुई दाई र भाउजु क्रमशः रामचन्द्र बाबा,बिजुली बहुरिया र श्रीधर बाबा र चतुरा बहुरिया, श्री गोविन्द जीको दुई बहिनी शिलमती र शोलमती तथा भतिजोहरुमा बौधा बाबा,साहेब बाबा, जगन्नाथ बाबा,चक्रपानी बाबा र नीलकंठ बाबा रहेका छन् ।
त्यसपछि श्री गोविन्द बाबा को अंगरक्षक लाल खाँ को भाग मन्दिर बाहिर दिने चलन रहेको छ । उहाँलाई भगवानलाई चढाएको प्रसादहरु ढकनीमा राखेर दिईन्छ भने संगै भांग पनि चढाईने गरिन्छ ।
श्री गणिनाथ जी श्री गोविन्द जी को निम्तो गर्ने दिन स्थानीय ग्राम देवताहरुमा नगर डिहवार, भैरव महराज, भुइयाँ, दुर्गा भवानी लगायतका देवतालाई समेत पूजामा सहभागी हुन तथा सफलतापूर्वक सम्पन्न पार्नको लागि आह्वान गरिन्छ ।