कमल साह
जनकपुरधाम, भादौं १ गते । सिरहास्थित मारुती सिमेन्टले कब्जा गरेको सरकारी वन जंगलको जग्गा फिर्ता ल्याउन आज छैठौंदिन आमरण अनसनमा बसेको भएपनि प्रदेश सरकार मौन बसेको छ ।
चुरे तथा वन जंगल संरक्षण अभियानीहरुका दुई जना व्यक्तित्व गत विहिवारदेखि जनकपुरधाम को जनकचोकमा आमरण बसेका हुन । तर, त्यसको खोजखबर अहिल्येसम्म प्रदेश सरकाले लिनु भएको छैन ।
आमरणमा बस्नु भएका अमन यादव र रानी राय दुवै जनाको हालत गम्भिर भईसकेका छन । हुनतः प्रदेस २ सभसद प्रमेश्वर साह ले आन्दोलनमा समर्थन जनाउँदै भन्नु भयो आज मुख्यमंत्री लालबाबु राउत संग यसबारेमा जानकारी गनराउने छु ।
जसपाका नेता विभा ठाकुर भन्छिन, चुरे अभियानीहरु अगाडी बढाएको पाँचबुँदे मांग उनिहरुको पुर्खौली सम्पतिको लागि होइनन् ,यो कुरा सम्बन्धित निकाईले बुझेर अविलम्ब समस्या समाधान गर्नुपर्ने हो । तर, प्रदेश सरकारसम्म मौन भई बसेका हुन ।
मारुति सिमेन्ट उद्योगले अर्बो रुपियाँ बराबरको सरकारी बन जंगल अतिक्रमण गरेको विरोधमा अभियानीहरु आन्दोलन रतरहेका छन । उनिहरुले राजमार्गमा चक्का जाम,जिल्ला प्रशासन कार्यालय सिरहामा धर्ना दिनेलगायतका कार्यक्रमहरु गरिसकेको भएपनि स्थानीय सरकारदेखि प्रदेश सरकार सम्म मौन बसेको छ ।
जनकपुरधामस्थित जनकचोकमा आमरण अनशन वस्नेहरुको समर्थन जनाउने कति व्यक्तिहरु मारुति सिमेन्ट उद्योगको हातबाट सम्बन्धित निकाइहरु बिक्री त भई सकेको होइन भनि संका व्यक्त गर्न थालेका छन ?
रुख विरुवाले बायुलाई सुद्धिकरण गर्न ठुलो भुमिका खेल्ने गर्दछ । बायुमण्डलमा रहेको धुलो माटोको मात्रालाई ७५.५ सम्म कम गर्छ भने ध्वनी प्रदुषणलाई ५९.५ सम्म कम गर्दछ । रुखले प्रदान गर्ने शितलतालाई हेर्ने हो भने एउटा ले १० वटा कोठामा २० घंटासम्म पंखा चलाउंदा जति शितलता दिन्छ । त्यस्तै रुख विरुवाले ढाकेको क्षेत्र अरु क्षेत्रको तुलनामा ९ डिग्रीसम्म ठण्डा रहन्छ । त्यसैकारण केन्द्र देखि प्रदेश सरकारसम्मले हरेक वर्ष वृक्षारोपणमा माथि जोड दिदै आएका हुन । वातावरण अभियानिहरुले पनि मानव जीवनको लागि वन जंगल आवश्यक भएको भन्दै जोगाउन हरसम्भव प्रयास गर्दै आएका छन । तर, उनिहरु माथि उल्टै मद्दाहरु समेत पर्न गएको विरुद्धमा यो पाँच बुन्दै आमरण अनसन जारी रहेको छ ।
प्रदेश २ को मुख्यमंत्री लालबाबु राउत गद्दीले वन अभियानीहरुको बीचमा गतवर्ष नै प्रतिबद्धता जनाएको थियो । तर त्यो प्रतिबद्धता हालसम्म किन पुरा हुनसकेको छैन । यस्तै प्रकारकाबाट सम्बन्धित निकायहरु ढिला सुस्ती गर्दै आएको कारण दिनानु दिन चुरे विनाश भईरहेको छ । चुरे विनाशले मधेसमा पानीको जलस्तर घट्दै गएको छ । साथै अन्नवाली उब्जने ठाउँमा बालुवा थिग्रैद छ । त्यसकार विस्तारै तराई मधेश क्षेत्र मरुभूमि बन्ने तर्फ विस्तारै छ ।
अर्बौको वन जंगल अतिक्रमण विरुद्धमा छैठौं दिन आमरण अनसन जारी रहेपनि प्रदेश सरकार मौन
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
18 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
22 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
