रंजित चौरसिया, वीरगंज,
वीरगंज श्रावण १६ गते । पर्सा जिल्लाको पोखरिया नगरपालिकामा करोडौको बजेटमा अनियमितता भएको खुलासा भएको छ । प्रधानमन्त्रि रोजगार कार्यक्रम अन्तर्गत पोखरिया नगरपालीकामा पारिश्रममा आधारीत सामुदायिक योजना तथा युवा रोजगारीका लागी आएको करोडौको बजेटमा जनप्रतिनिधिहरुले लुट मच्चाएका हुन ।
प्रधानमन्त्री रोजगार योजना अन्तरगत पोखरीया नगरपालिकामा ४ सय ३९ जना लाई ५० दिन को लागी काम दिईएको पोखरिया नगरपालीका प्रधानमन्त्रि रोजगार कार्यक्रमका शाखा प्रमुख बिजय साह बताउनु भयो । कार्यक्रममा आएको २ करोड २७ लाख रुपैया हुदा हुदै प्रत्येक ब्यक्तीलाई १०० दिन रोजगारी दिनु पर्नेमा नगरपालिकाले ५० दिन मात्र दिएको थियो । त्यसमा पनि ३५ दिन मै पोखरिया नगरपालीकामा काम सम्पन्न गरी ५० दिनको हाजिरी बनाएर लाखौं रुपैया जनप्रतिनिधि र कर्मचारीहरुको मिलोमतोमा हिनामिना गरिएको जनाईएको छ ।
यतिसम्म मात्र नभइ नक्कली हाजिरी खडा गरी ५० दिन मध्ये ३५ दिनको रकम सम्बन्धित व्यक्तिलाई दिईएको र अन्य रकम काम गर्ने व्यक्तिको नाममा खाता जम्मा गरेर उनिहरुसँग खाली चेकमा सहि गराएर जनप्रतिनिधि तथा कर्मचारीले बैकबाट १५ दिनको पैसा निकालेर भागबण्डा गरेको प्रमाण भेटिएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत पोखरीयाका दर्जनौ ब्यक्तिहरूलाइ ३५ दिन काममा लगाएर ५० दिनको हाजिरी गरी १५ दिनको रकम उनिहरुलाई खाली चेकमा सहि छाप लगाएर लिएको पिडितहरुले बताएका छन् । पोखरीया नगरपालिकाका नगरप्रमुख दिप नारायण रौनियार बोर्ड प्रतिनिधि र कर्मचारीको मिलोमतोमा करोडौको रकम हिनामिना गरिएको प्रमाण यस अनलाइनले फेला पारेको छ ।
गरिव जनताको लागि रोजगार दिन आएको कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा भएको भ्रष्टाचारका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पिडितहरुले उजुरी दिने तयारी गरेका छन् ।
पोखरिया नगरपालिकाको भ्रष्टाचार बिरूध जनता अख्तियार दुरूपयोग जाने तयारीमा
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
18 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
22 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
