कमल साह, जनकपुरधाम
जनकपुरधाम, श्रावण १५ गते । अबिरल वर्षाले कमला नदीमा बाढी आउदा धनुषाको किरतपुर गाउँमा तटबन्ध कटान बारे त्यहाँका जनप्रतिनिधिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई ध्यानाकर्षण गराएको थियो ।
मन्त्री भुसालले कमला तटबन्ध कटान भईरहेको जानकारी पाउनु लगतै जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मधुकर प्रसाद राजभण्डारीलाई निरीक्षण गर्न पठाउनुभयो र विभागको आपतकालीन कोषबाट ५० लाख निकासा गरी नदीको कटान रोक्न निर्देशन दिनुभएको थियो ।
तटबन्ध निर्माण कार्य तत्काल शुरु भएपनि नदी कटान नरोकिएको खबर पाएपछि मन्त्री भुसालले बिहीबार स्थलगत निरीक्षण गरेकी छन् ।
मन्त्रालयका सिँचाइ सचिव मणिराम गेलाल र विभागका महानिर्देशक राजभण्डारीसहित धनुषाको सबैला नगरको ढोलबज्जा पुग्नुभएका मन्त्री भुसालले निरीक्षणपछि पहाडमा भूक्षय गएको र त्यहाँबाट बगेर आएको गेग्रान थुप्रिँदा जमीनको सतह माथि उठेको भन्नुभयो ।
मन्त्री भुसालले तत्काल ‘अन द स्पट’ आपत्कालीनरूपमा कटान रोक्ने कार्य भईरहेको हो । तर, त्यसलाई दीर्घकालीन समाधान गर्नका लागि सिन्धुली, धनुषा र सिरहा जिल्लालाई ध्यान दिएर गुरुयोजना बनाउने कार्य तुरुन्तै हुने बताउनु भयो ।
अनुगमन निरिक्षणमा पुग्नु भएको मन्त्री भुसाल समेतलाई शहीद नगर नगरपालिका का मेयर उदयकुमर बरबरिया यादव स्वागत सम्मान गुर्नभयो ।
कमला नदिको स्थलगत अनुगमन गर्न भएकी मन्त्री भुसाल संगै पुर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य मातृका प्रसाद यादव, सांसद बोधमाया यादव, माओवादी नेता धनुषा इन्चार्ज योगकुमार बरबरिया श्रवण यादव,पुर्वमन्त्री अजयशंकर नायक समेत रहनु भएको थिए ।
त्यस्तै धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, नेपाल प्रहरी धनुषा क एसपी प्रकाश रानाभाट, रेडक्रम धनुषा का सभापति नरेश सिँह,युवानेता दिपक यादव लगायत पनि सो अनुगमनमा सहभागी रहनु भएको थिए ।
कमला नदीको कटान नियन्त्रणका लागि दीर्घकालीन योजना बनाइने – मंत्री भुसाल
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
18 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
22 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
