कमल साह, जनकपुरधाम
जनकपुरधाम, श्रावण ११ गते । महोत्तरी जिल्लाको भंगहा नगरपालिकाका मेयर संजिव कुमार साहले नगरपालिकाको कार्यालय सञ्चालनका लागि आफ्नो घर जग्गा निःशुल्क प्रदान गरेका छन् ।
मेयर साह ले नगरपालिकाको कार्यलय संचालनका लागि वडा नं. ५ स्थितको आफ्नो करिव चारकठ्ठा जग्गामा रहेको दुईवटा ठुलठुला घरहरु निःशुल्कमै दिनुभएको छ ।
यस अघि नगरपालिकाको कार्यसंचालन भाडाको घरबाट हुदै थियो । सो बापत प्रति महिना नगरपालिकालाई ५७ हजार रकम भाडा वापत बुझाउनु पर्दथ्यो । अचेल सो रकम बचत हुँदैछ ।
उहाँका अनुसार सो घर आफ्नो कार्यकाल अवधीका लागि मात्र नभई अगामी चुनावमा आफु जितेर आएपनि र नआएपनि नगरपालिकालाई कार्यालय संचालनको लागि दिएको हो । अर्थात भंगहा नगरपालिकाको आफ्नै भवन नबनुञ्जेलसम्म सो जग्गा र भवन नगरपालिकालाई प्रयोग गर्न दिइएको हो ।
मेयर साह ले प्रदान गर्नुभएको दुई तल्ले पक्की भवन संगै रहेको १० कोठाको लामो भुईतल्ले घरले नगरपालिकाको सवै शाखाको कार्यसम्पादन सहज तरिकाबाट भईरहेको छ ।
तत्कालिन राजपाबाट निवार्चित मेयर साह त्यस क्षेत्रका प्रखर युवा नेता हुन । विद्यार्थीकालदेखि नै मधेश र मधेश आन्दोलनमा सक्रिय उनी गत निर्वाचनमा टिकट पाएर मेयर जितेका हुन ।
भंगहा नगरपालिका मेयर साह ले कार्यालय संचालनका लागि दिए निःशुल्कमा आफ्नो घर
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
18 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
23 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
