सन्जु कर्ण, सर्लाही,
सर्लाही, आषाढ १७ गते । प्रदेश दुईका प्रमुख राजेश झाले बुधबार दिनभर सर्लाही स्थित भारतीय सीमा क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।
प्रदेश प्रमुख कार्यालयका सचिब ूुव गैंडा, नेपाल प्रहरीका प्रदेश दुई प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उमेश रन्जितकार, सशस्त्र प्रहरी बलका प्रदेश दुई प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमलाई लिएर आएका प्रदेश प्रमुख झाले सर्लाहीको पूर्वी संग्रामपुर नाकादेखि पश्चिम मधुवनी नाकासम्मको सिमाक्षेत्र निरीक्षण गरेका हुन् ।
प्रदेश प्रमुख झाले संग्रामपुर नाका, त्रिभुवननगर नाका, भाँडसर नाँका, खुटौना नाका, सिमरा फेनरा नाका र मधुवनी नाका स्थित दशगजामा रहेको जंगे पिलर तथा सानो पिलरहरुको निरीक्षण गरेका थिए ।
सिमा क्षेत्रको निरीक्षणका क्रममा प्रदेश प्रमुख झाले नेपाल र भारत दुवै देशका नागरिकसँग स्थानीय अवस्थाका बारेमा सामान्य जानकारी समेत लिएका थिए । त्यस्तै झाले मंगलबार रातीदेखि परेको वर्षाले डुबानमा परेको भाँडसर क्षेत्रको निरीक्षण एवं डुबानपीडित स्थानीय बासिन्दाको गुनासो समेत सुन्ने काम गरेका थिए ।
वर्षाका कारण हुलाकी एवं नाका क्षेत्र जाने सहायक सडकहरु क्षतविक्षत बनेका कारण प्रदेश प्रमुख झाले पटक(पटक पैदलयात्रा गर्नु परेको थियो । अवलोकन निरीक्षणमा नेपाल प्रहरीका सर्लाही प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर, सशस्त्र प्रहरी बल १० नं. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ, राष्टिूय अनुसन्धानका उपनिर्देशक दिलिपकुमार सिंह, नेपाली सेना भैरवी दल गण मलंगवा गुल्मका गुल्मपति सेनानी श्याम थपलिया, पत्रकारहरु लगायतको सहभागिता रहेको थियो ।
संग्रामपुरबाट प्रवेश गरेका झा मधुवनी नाका निरीक्षण पश्चात बरहथवा(नयाँरोड हुदै साँझ सशस्त्र प्रहरी बल हरिवन वेसक्याम्पमा चिया खाएर जनकपुरतर्फ प्रस्थान गरेका थिए । साँझ हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईंले प्रदेश प्रमुख झालाई चियापान पश्चात हरिवनबाट बिदाई गरेका थिए ।
प्रदेश प्रमुख झा द्धारा सिमामा रहेको जंगे पिलरको निरिक्षण
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
19 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
24 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
