सन्जु कर्ण, सर्लाही,
सर्लाही, आषाढ १७ गते । सर्लाहीको लालबन्दी र इश्नरपुर नगरपालिका जोड्ने फुलजोर खोलामा निर्माणाधिन अवस्थामा रहेको पक्की पुल भास्सिएको छ ।
लालबन्दी नगरपालिका वडा न– ३ र इश्वरपुर नगरपालिका वडा न–८ को सिमानामा रहेको फुलजोर खोलामा निर्माणाधिन अवस्थामा रहेको उक्त पक्की पुल मंगलबार रातिको बाढीका कारण भासिएको छ। संघिय सरकारको रु १२ करोडको लगानीमा आर्थिक वर्ष २०७५÷०७६ बाट निर्माण शुरु भएको उक्त पक्की पुलमा भर्खरै ढलानको काम सकिएको थियो ।
ढलानको काम सकिएको र फर्मा निकाल्न बाँकी रहेको समयमा मंगलबार राती आएको बाढीका कारण करिब ४० मिटर पुल भासिएको छ । पुलको लम्बाई करिब २ सय मिटर रहेको ठेकेदार मनोज कुमार साहले बताउनु भयो । उक्त पुलको आर्थिक वर्ष २०७५÷०७६ बाट निर्माण शुरु गरि चालु आ.व मा निर्माण सम्पन्न गर्ने गरि पप्पु एण्ड शिवशंकर(जेभि)ले ठेक्का लिएको थियो ।
पुल निर्माणको करिब ८० प्रतिशत काम सकिएको र बाँकी काम यहि महिना भित्रमा सकाउने तयारीमा रहेको पुल ४० मिटर भासिंदा करिब २ करोड रुपैया घाटा लागेको ढेकेदार कम्पनीले बताएको छ । उक्त पुल निर्माणको शुरुको वर्षमा पनि एक पटक बाढीले भत्काएको स्थानीयले बताएको छ। ठेकेदारले गुणस्तरहिन काम गरेका कारण निर्माणाधिन अवस्थामा रहेको पक्की पुल पटक पटक भत्कीएको स्थानीयहरुको आरोप छ । यस अधि २०७६ सालमा पनि पुल सामान्य बाढीका कारण भत्कीएको थियो र अहिले पनि सामान्य बाढीकै कारण भत्किंदा ठेकेदारले गुणस्तरहिन काम गरेको देखिन्छ स्थानिय रामकैलाश चौधरीले बताए । ्
निर्माण कार्यमा ठेकेदारको कमि कमजोरी र असारे वर्षामा पनि निर्माणको काम गर्दा पुल भास्सिएको स्थानिय धुर्व प्रसाद घिमिरेले बताउनुभयो । उहाँका अनुसार असारमा पानी परि रहेको समयमा पनि ठेकेदारले निर्माण कार्य जारी राखेका कारण पुल भासिएको हो ।
उक्त पुल निर्माण भइसकेपछि लालबन्दी नगरपालिकाको वडा न ३ र ५ का साथै इश्वरपुर नगरपालिकाको वडा न ५ र ८ का स्थानियबासीलाई पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने लालबन्दी बजार आवतजावत गर्न सजह हुने थियो तर पटक पटक पुल भासिँदा स्थानियबासीहरु चिन्तीत बनेका छन् ।
चालु आर्थिक वर्षमा निर्माण कार्य सकाउने दाउमा रहेको ठेकेदार कम्पनी पनि अव ५÷६ महिना समय थप गर्नु पर्ने अवस्था सृजना भएको बताउन थालेको छ । जसका कारण सो क्षेत्रका स्थानियबासीहरु यस वर्ष पनि फुलजोर खोलाको बाढीमै हेलिएर लालबन्दी बजार आउन जान बाध्य हुने भएका छन ्।
सर्लाहीको लालबन्दी र इश्वरपुर नगरपालिका जोड्ने निर्माणाधिन पुल भत्कियो
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
प्रधानमन्त्री दैबिप्रकोप कोषमा रामेछापका व्यवसायी श्य..
रामेछाप । भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरुको राहत तथा पुननिर्माणका लागि रामेछापका अगुवा व्यवसायी..
5 घन्टा पहिले
बेनी पुल निर्माणमा तिब्रता, दिन रात काम
रामेछाप । ठेक्का संझौता भएको ८ बर्ष पछि रामेछापको तामाकोशी नदी माथि निर्माणाधिन बेनीघाट पुलले तिब्रता पाएको छ । ..
6 घन्टा पहिले
रिलायबल नेपाल लाईफ ईन्स्योरेन्सको स्थापना दिवसका अवसर..
रामेछाप । रिलायबल नेपाल लाईफ ईन्स्योरेन्स लिमिटेडको नबौं स्थापना दिवसको अवसरमा रामेछाप जिल्लाको मन्थली बजारमा ..
6 घन्टा पहिले
सहयोग बारे नक्कली क्यूआर प्रचार गर्ने रास्वपाका नेता पक..
रामेछाप । भोटेकोशी बाढी पीडितलाई सहयोगका लागि प्रधानमन्त्री दैबिप्रकोप उद्धार कोषमा रकम गरेको भन्दै नक्कली बैं..
1 दिन पहिले
विद्युत चुहावट हुँदा घरमा आगलागि, भित्रका सामान सबै खरान..
रामेछाप । मन्थली नगरपालिका २ कठजोर खोला किनारमा रहेको एकवहादुर भुजेलको घरमा अहिले साँझ साढे सात बजे तिर आगलागि भ..
4 दिन पहिले
संवाददाता
