कमल साह
जनकपुरधाम, असार ४ गते । प्रदेश २ प्रमुख डा.राजेश अहिराज धनुषाको मुखियापटी मुसरनिया गाउँपालिकाका पिडीत परिवारको दुखःबांडनको लागि उनिहरुको घरमै पुग्नु भएको छ ।
प्रदेश प्रमुख ले धनुषाको मुखियापटी गाउँ पालिका–६ लक्ष्मिपुर गाउँका पाँच वटी छोरी एकैपल्ट पानीमा डुब्न गएको खबरले सो गाउँनै शोकमा डुबेकोबाट शक्तिमा परिणत गर्नको लागि राहत सामग्रीका साथ विहिवार घर घरै पुग्नु भएको छ ।
क्लोथ बैंक नेपाल को उपाध्यक्ष एवं नेपाल पत्रकार महासंघ धनुषाका पूर्व सचिव पुरन रौनियार को नेतृत्वमा राहत सामग्रीका साथ एक टोली त्यहाको वस्तुस्थिति तथा बास्तविक्ता हेर्न र पिडीत परिवारलाई सहयोग गर्न विहिवार लक्ष्मिपुर गाउँमा पुगेको थियो ।
सो गाउँको हुलास यादव ले निर्माण गर्नलागेको पोखरीमा पाँचवटै वालिका डुबेको थियो । बाख्रा चराउन पुगेका स–साना केटाकेटी पौडन नजान्दा डुबेर मृत्यु भएको थियो । उनिसंगै रहेका दुई केटा डुब्नबाट बालबाल जोगिएको थियो । डुब्नेहरुमा सोही गाउँका पल्टू यादवका– १२ वर्षिया छोरी लक्ष्मीनियाँ यादव, जगरनाथ ठाकुरको १२ वर्षिया छोरी चान्दनी ठाकुर, उत्तिम साह तेलीको १२ वर्षिया छोरी ललिता साह, राजगिर पूर्वेको – १३ वर्षिय छोरी मञ्जु पूर्वे र जोगेन्द्र भगतको १० वर्षिया छोरी चन्दाकुमारी भगत हुन ।
प्रदेश २ प्रमुख डा. राजेश अहिराज ले आफ्नो तलबबाट प्रति परिवारलाई एक÷एक क्वीन्टल चामल र बैंकको तर्फबाट लुगा, झुल, कम्वल, मास्क, सेनिटाइजर र चार पिस साबुन वितरण गरिएको छ ।
गाँउमा पुगेको कलोथ बैंक तथा प्रदेश प्रमुखको टोली सहित उपस्थितले एक मिनेट मौन धारण गरि मृतकहरु प्रति श्रद्धाञ्जली अर्पण गरेको थियो । बैंकका अभियानी तथा मुटुरोग विशेषज्ञ डा. अजय मिश्र तथा बैंकका सचिव मनिष श्रीओम, कृष्णा साह, खुस्बु साह र मनोज पण्डित सहितको टोली पनि पिडितको घर पुगेको थियो ।
महिला आयोगको टोली पुगेको थियो । अयोगकी आयुक्त विद्या शिन्हा सहितको टोली लक्ष्मीपुर पुगेर पिडित बालिकाहरुको आमा र बुवा सहित परिवारजन र स्थानिय संग घटनाको विषयमा जानकारी लिनुका साथै मृतक पाँचैजना बालिकाहरुनै रहेकाले सक्दो सहयोग गर्ने बचन दिनुभयो ।
झण्डै ३ हजार २ सय मतदाता रहेको लक्ष्मिपुरमा एकैपल्ट ५ वालिकाको मृत्यु भएको प्रति गाउँ पालिका समेत स्तब्ध भएको छ । वाडा अध्यक्ष धर्वेन्द्र यादव का अनुसरा गाउँपालिका ले प्रति परिवार १ लाख ५१ हजार राहत स्वरुप रकम प्रदान गर्ने निर्णय गरिएको छ ।
यहो भन्दा अघि पूर्व मंत्री जुली महासेठ ले प्रति परिवार १० हजारको दरले रकम हस्तान्तरण गर्नुभयो ।
प्रदेश प्रमुख लक्ष्मिपुरका पिडीतको दुखः बाँडन घरमै पुग्यो
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
19 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
24 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
