लेबनान। साउदी अरब गएको बेला सुरक्षाको कारण देखाई लेबनानको प्रधानमन्त्रीको पदबाट राजिनामाको घोषणा गरेका साद हरिरिले राजिनामा फिर्ता लिएका छन् ।

हरिरिले एक महिना पहिले नोभेम्बर ४ साउदी अरबको राजधानी रियादबाट टेलिभिजन सम्वोधनमार्फत प्रधानमन्त्रीबाट राजिनामा दिएका थिए । यद्यपि लेबनानी राष्ट्रपतिले हरिरिकोे राजिनामा स्वीकृत गरेका थिएनन् ।

राजिनामा फिर्ता लिन राष्ट्रपति मिसेल आउन तथा शुभेच्छुकले गरेको अनुरोध वमोजिम मैले राजिनामा फिर्ता लिएको छु, उनले भने ।

प्रधानमन्त्रीको पदबाट दिएको राजिनामा रद्द गर्ने मेरो निर्णयलाई मन्त्रीपरिषद्को बैठकले स्वागत गर्दै धन्यवाद ज्ञापन गरेको छ, हरिरिले मन्त्रीपरिषद्द्वारा प्रधानमन्त्रीको आगमनपछि भएको जारी गरेको पहिलो वक्तव्य वाचन गर्दै सञ्चारकर्मीलाई जानकारी गराए ।

हरिरिको राजिनामापछि हरिरिलाई साथ दिँदै आएको साउदी अरब र यसको प्रतिद्वन्दी इरानबीच तनाव देखिने अड्कलबाजी गरिएको थियो । हरिरिले आफ्नो राजिनामाका पछाडि तेहरान र यसको लेबनानी सहयोगी सशस्त्र हेजबुल्लाह समूहलाई देखाएका थिए ।