कमल साह, जनकपुरधाम
जनकपुरधाम, आषाढ ३ गते । प्रदेश २ सरकारले अस्थाई राजधानी जनकपुरधाममा एक सय सैयाको विशेष कोभिड अस्पताल आजदेखि संचालनमा ल्याएको छ।
जनकपुर धामको मुजेलिया स्थित मणिपाल शिक्षण अस्पतालको प्रयोग विहिन भवनलाई मर्मत सम्भार गरेर प्रदेश सरकारले कोभिड विशेष अस्पताल संचालनमा ल्याएको हो ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत संञ्चालन हुने कोभिड विशेष अस्पतालको मुख्यमन्त्री लालबाबु राउत र समाजिक विकास मन्त्री नवलकिशोर साहले संयुक्त रुपमा एक कार्यक्रम बीच आज समुदघाटन गर्नु भएको छ ।
विगत १ वर्ष अघि देखी नै उक्त भवनमा कोभिड विशेष अस्पताल संचालन गर्न प्रयास गरिए पनि विभिन्न अवरोधहरुका कारण आज देखी मात्र संचालनमा ल्याउन सकिएको हो ।
अस्पतालको उदघाटन गर्नु हूँदै प्रतिष्ठानका कुलपति समेत रहनु भएका मुख्यमन्त्री लालबाबु राउतले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिड संक्रमितहरुको उपचारका अतिरिक्त अन्य विशेषज्ञ सेवाहरु पनि छिट्टै शुरु गर्ने बताउनु भयो ।
शिक्षण अस्पताल संचालनका लागी सरकार बाट जग्गा लिजमा लिएका मणिपालले दशकौ विति सक्दा समेत अस्पताल संचालन गर्न नसकेकाले उनको लिज खारेजी गराई उक्त जग्गा प्रष्ठिान मातहत ल्याउने पहल शुरु भई सकेको जानकारी समेत गराउनु भयो ।
उहाँले भन्नु भयो ,‘ यस भवनमा कोरोना संक्रमितको उपचार मात्र होइन, अन्य विशेषज्ञ सेवा समेत चाडै शुरु हु्न्छ । जग्गा प्राप्तीको प्रक्रिया चाडै शुरु गर्छौ , राज्यको अरबौको सम्पति कुनै संस्थाले यसरी राख्न पाउदैन । ’
कार्यक्रममा समाजिक विकास मन्त्री नवल किशोर साहले प्रदेश सरकारको गौरबको योजना रहेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वास्थ्य उपचारको क्षेत्रमा मुलुककै नमूना बन्ने विश्वास व्यक्त गर्नु भयो ।
स्थापनाको छोटो समयमै ४ विधामा शिक्षणको अनुमति प्राप्त गरेको प्रष्ठिानले यसै शैक्षिक सत्र देखी विपिएच, बिएन, विएमएलटी लगायतको अध्यापन शुरु गर्ने भएको छ ।
प्रतिष्ठानका उपकुलपति डा. राम केवल साहको अध्यक्षतामा भएको उद्घाटन समारोहमा मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, सुरक्षा निकायका प्रमुखहरु, प्रतिष्ठानका पदाधिकारी तथा प्रादेशिक अस्पतालका प्रमुख एवं चिकित्सक सहितको उपस्थिति रहेको थियो ।
एक सय शैय्या को कोभिड विशेष अस्पतात आज समुदघाटन
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
सुनापतिमा सार्वजनिक सुनुवाई
रामेछाप । रामेछापको सुनापति गाउँपालिकामा आर्थिक बर्ष २०८२।०८३ को तेश्रो चौमासिक सुनुवाई कार्यक्रम सम्पन्न भएक..
1 दिन पहिले
रामेछापमा पशुपतिनाथ मन्दिरको उद्घाटन
रामेछाप । रामेछाप नगरपालिका ८ मा पुननिर्माण गरिएको पशुपतिनाथ मन्दिरको बुधबार उद्घाटन गरिएको छ । गौरीशंकर मावि न..
1 दिन पहिले
निर्माण थालेको ७ बर्षमा शितभण्डारको बल्ल परिक्षण संचाल..
रामेछाप – जिल्लामा उत्पादित फलफुल तथा तरकारीहरु सुरक्षित राख्न रामेछापको सदरमुकाम मन्थली नगरपालिका १ सानीमदौ..
2 दिन पहिले
साउन देखि रामेछापमा कृषि र पशुपंक्षि सम्बन्धि काम गर्ने ..
रामेछाप । बागमति प्रदेश सरकारले रामेछाप जिल्लामा पशुपंक्षिको क्षेत्रको समेत काम गर्ने गरी कृषि विकास कार्यालयल..
2 दिन पहिले
सरकारले बिपी पार्क निर्माणका लागि बजेट दिएन, अधुरै अवस्थ..
सिन्धुली । सरकारले प्राथमिकताका साथ निर्माण थालेको विपी पार्क अधुरै अवस्थामा गाउँपालिकालाई हस्तान्तरणको तयार..
3 दिन पहिले
संवाददाता
