कमल साह
जनकपुरधाम, असार २ गते । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले चार विषयमा शिक्षा प्रदान गर्ने स्वीकृती पाएको छ ।
चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई पहिलो चरणमा चार विषयमा उच्च प्रावधिक शिक्षा प्रदान गर्ने स्वीकृती प्रदान गरेको प्रतिष्ठानका उपकुलपती डा. रामकेवल साहले जानकारी गराउनुभयो ।
डा. साह का अनुसार ‘ यो प्रतिष्ठानको लागि मात्र होइन कि मधेशकै लागि खुसीको कुरा हो । समाजिक विकास मन्त्रालय तथा प्रतिष्ठानका पदाधिकारीहरुको मेहनत आज सफल भयो ।’
प्रदेश २ सरकारले स्थापना भएको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हाल एक मात्र सरकारी क्याम्पस जनकपुर नर्सिङ क्याम्पस रहेको छ । यो चारवटै विषयको पढाइ जनकपुर नर्सिङ क्याम्पस अन्तर्गत संचालन हुने क्याम्पस प्रशासक मनिष झा श्रीओम ले जानकारी गराउनु हुन्छ ।
यो भन्दा पहिले जनकपुर नसिंङ क्याम्पसले इन्टर लेबलको कक्षा संचालन गर्दै आएको छ ।
स्नातक तह अस्थतरको उच्च प्राविधिक कार्यक्रम अन्तर्गत बैचलर इन साईन्सेज ( BNS ), बैचलर अफ हेल्थ ( BPH), ल्याब टेक्निशिन तर्फ (BSC MLT) नर्सिङ तर्फको (BSC Nursing ) पठन पाठन हुनेछ ।
यस सम्बन्धमा मधेश स्वास्थ्य प्रतिष्ठानका शिक्षा अध्यक्ष डा. अंकुर साह भन्नुहुन्छ,– ‘प्रथम चरणमा चार विषयको पठन पाठनको लागि हामी मान्यता पाएका छौं । त्यसमा २०÷२० जनाले अध्ययन गर्नेछन ।’’
शिक्षाध्यक्ष डा. साह का अनुसार इच्छुक विद्यार्थीलाई हामी सिधै भर्ना गर्ने प्राब्धान रहेको छैनन् । उहाँका अनुसार चिकित्सा शिक्षा आयोग ले लिएको इन्ट्रान्स परीक्षा पास हुनेहरुले यहाँ नाम लेखाउन सक्छन ।
कोरोना भाइरस (कोभिड –१९) को दोश्रो लहरको कारण यसपाली पठन पाठन ढिलो हुँदै गएको बताउँदै डा. साह ले अगाडी थप्नुहुन्छ, बन्दा बन्दी खुलेपछि तीन महिना भित्रमा पढाई संचालन हुनेछ ।’’
यता, उपकुलपति साह का अनुसार कोभिड अस्पताल असार ३ गते देखि संचालन हुने भएको छ ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले चार विषयको पायोे स्वीकृत
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
20 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
