सन्जु कर्ण, सर्लाही,
सर्लाही, जेष्ठ ३१ गते । सीमावर्ती क्षेत्रमा पर्ने सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५, पडरिया गाउँमा चार दिनमा तीन भारतीय नागरिकसहित आठ जनाको मृत्यु भएको छ ।
उनीहरु सबैको विषाक्त घरेलु मदिरा सेवनबाट मृत्यु भएको चिकित्सकले आशङ्का गरेका छन् । नेपाल–भारत सीमा दशगजाबाट करिब दुई किलोमिटर उत्तरतर्फ पर्ने पडरिया गाउँमा संचालित एक घरेलु मदिरा उत्पादन गर्ने भट्टी पसलमा मदिरा सेवन गरेकाहरुको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा पडरिया गाउँका ५० वर्षीय राम ईश्वर पासवान, ३९ वर्षीय दिनकर दास, ६५ वर्षीय कैलु दास, ५० वर्षीय जुगेश्वर माझी र २४ वर्षीय बलिन्द्र दास रहनु भएको छ । यस्तै, भारतको उत्तर प्रदेशका ३५ वर्षीय दाताराम निसाद, ५५ वर्षीय शिवसागर निसाद र ३२ वर्षीय सर्वेस राम निसादको पनि मृत्यु भएको छ । मृतक तीनै जना भारतीय नागरिक चन्दन इँटा उद्योग पडरियाका मजदुर हुन् । अन्य पाँच जना भने पडरिया गाउँका स्थानीयवासी रहेका बुझिएको छ ।
तीनै जना भारतीय नागरिकको २८ गते, स्थानीय राम ईश्वर पासवान र दिनकर दासको २९ गते, कैलु दासको ३० गते र जुगेश्वर माझी र बलिन्द्र दासको सोमवार बिहान मृत्यु भएको ब्रह्मपुरी गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक उपेन्द्र राउतले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक पाँच जनामध्ये मदिरा सेवन गरेर मजदुरीका लागि भारततर्फ जाँदै गर्दा राम ईश्वर पासवान र दिनकर दासको भारतकै आग्रा भन्ने ठाउँमा पुग्दा मृत्यु भएको हो । अन्य तीन स्थानीयको गाउँमै र भारतीय नागरिकको उपचारका क्रममा जिल्ला अस्पताल मलङ्गवामा मृत्यु भएको स्वास्थ्य शाखाका संयोजक राउतले बताउनुभयो ।
उहाँका अनुसार मदिरा सेवन गरेका थप तीन जना स्थानीय बिरामी परेका छन् । दुई जना बिरामीको जिल्ला अस्पताल मलङ्गवा र एक जनाको श्रीराम अस्पताल मलङ्गवामा उपचार चलिरहेको छ । मदिरा पसलका संचालक देवराज कापर आफैँ पनि बिरामी पर्नुभएको छ । चार दिनमा आठ जनाको मृत्यु भएपछि सोमवार बिहान स्वास्थ्य निर्देशनालय जनकपुरबाट डा. कमलेश यादव, विश्व स्वास्थ्य सङ्गठन (डब्लुएजओ) बाट डा. किरण बाँस्तोला, जिल्ला अस्पताल मलङ्गवाबाट डा. अविनाश कुमार सिंहसहित जिल्ला स्वास्थ्य कार्यालय र गाउँपालिकाको स्वास्थ्य शाखाको टोलीले मदिरा पसल संचालनमा रहेको गाउँको निरीक्षण गरेको छ ।
निरीक्षणका क्रममा १३ जनाको एन्टिजेन विधीबाट कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक राउतले बताउनुभयो । मृतकका आफन्तले भने कोरोना परीक्षणमा चासो नदिएका र शोकमा रहेको परिवारलाई आफूहरुले पनि परीक्षणका लागि प्रेसर नदिएको राउतको भनाइ छ ।
जिल्ला अस्पताल मलङ्गवाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नवलकिशोर झाले मदिरा सेवनबाट सबैको मृत्यु भएको जानकारी आए पनि मृत्युको कारण पत्ता लगाउन मृतकहरुको भिसेरा परीक्षणका लागि फरेन्सिक ल्याब, काठमाण्डौंमा पठाउने तयारी गरिएको बताउनुभयो । डा. झाले बिरामीहरुसँग पनि घटनाबारे थप सोधखोज गरिने बताउनुभएको छ । ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष विनोदकुमार साहले मृत्यु भएका आठै जना र बिरामी परेका तीन जनाले विषाक्त मदिरा सेवन गरेको पाइएको जानकारी दिनुभयो ।
आफूहरुले पटक(पटक मदिरा पसल हटाउन खोजेपनि असफल भएको र अहिले ठूलो मानवीय क्षति हुन पुगेको गाउँपालिका अध्यक्ष साहको भनाइ छ ।
सर्लाहीको एकै गाउँमा चार दिनमा आठको मृत्यु
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
20 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
