कमल साह
जनकपुरधाम,जेठ ३० गते । कृषि तथा पशुपंक्षी मंत्री ज्वाला कुमारी साह ले कृषि क्षेत्रबाट भईरहेको युवा पलायन रोक्नको लागि हामी तत्काल सुधार गर्ने प्रयास जारी गर्न लागेको बताउनु भयो ।
मंत्री पद सम्हालेको तेश्रो दिन आफ्नो गृह प्रदेश २ को सदरमुकाम जनकपुरधाम आईपुग्दा उहाँ सो कुरा बताउनु भयो ।
कृषि मंत्री साह म किसानको छोरी भएको कृसानले भोग्दै गरेको पिडा सबै थोक मलाई अवतग भएको बताउँदै तत्काल सुधारका लागि सर्वप्रथम हामी अनिवार्य फसल विमा कार्यक्रम ल्याउन लागेको जानकारी गराउनु भयो । उहाँले यस कार्यक्रमलाई सफल पार्न हरेक किसानलाई कार्ड बनाई दिने र सो कार्ड लिएर जाँदा फसल विमा सहज तरिकाबाट हुने बिचार राख्नु भयो ।
जेठ २९ गते साँझ वैश्य समाजद्वारा आयोजित स्वागत समारोहमा किसानलाई फसल विमा भएपछि प्राकृतिक जोखिमलगायतका समस्याहरु झल्नबाट जोगाउने छन उहाँले थप्नुभयो ।
कृषि तथा पशुपंक्षी मंत्री साह ले त्यसपछि कहाँ कुन ठाउँमा कस्तो किसिमको सिंचाई सुविधा चाहिन्छ त्यो हेर्दै तत्काल ट्युववेलबाट सिंचाईको प्रवन्ध मिलाउने प्रयास आरम्भ गरिसको बताउनु भयो ।
मंत्री साह ले कृषि क्षेत्र सुधारका लागि हामी माटो जाँच कार्यक्रम सुगुमता ल्याउने प्रयास गर्दैछौं बताउँदै किसाने ले मोटो जाँच गराएपछि फसलमा चाहिने आवश्यक तत्वहरु मापदण्ड अनुसार हाल्न पाउने विश्वास व्यक्त गर्नुभयो ।
कृषि क्षेत्रको विकासका लागि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत देशभरीमा कुल १०९ वटा सुपर जोन संचालन भईरहेकोमा कमिकमजोरी हटाउने प्रयास गर्ने थप्नु भयो । त्यस्ता सुपरजोन प्रदेश २ को ८ जिल्लामा ७ वटा रहेको समेत जानकारी गराउनु भयो ।
उक्त कार्यक्रममा अमरनाथ गुप्ता,जगदिस साह,अधिवक्ता दिनेश साह, राजकुमार साह,प्रमोद साह, संजय सह, राहुल साह,पत्रकार कमल साह लगायतका वक्ताहरुले शुभकामना मन्तव्य राख्नु भयो । साथै ३० वर्ष अघि जसरी नेपालबाट खाद्यान्न निर्यात भईरहेको झैं बनाउनको लागि चाहिने सहुलित दरको उपकरण,सुलभ तरिकाबाट मल उलब्ध लगायतका सुधार गर्नको लागि सुझाब प्रदान गरियो ।
फसल विमा अनिवार्य गर्छु–कृषि मंत्री ज्वाला साह
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
20 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
