रंजित चौरसिया, वीरगंज,
वीरगंज जेष्ठ २८ गते । पर्सा जिल्लाको अलौ हुँदै केही दिनदेखी चलिरहेको तस्करी कार्य स्कवाड टोलिले पर्दाफास गरेको छ । यस अनलाइनमा जेष्ठ २६ गतेको दिन तस्करी बारे समाचार सम्प्रेषण गर्नसाथ सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका स्कवाड टोलि एक्सनमा उत्रिएको थियो जसका कारण तस्करी बारे पर्दाफास हुन पुगेको हो ।
बोर्डर आउट पोस्ट अलौका प्रमुख सशस्त्र प्रहरी निरीक्षक इश्वर अधिकारीले गणको प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका, स्कवाड टोलि लगायत गणकै जिम्मा लिएर १० लाख रूपैया तस्कर समूह सङ्ग बुझी तस्करीको लाइन चलाएको बारे छताछुङ्ग भएको छ । समाचार आउनसाथ सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीबाट खटिएको छानबिन टोलि घटना स्थल पुगि छानबिन गरेको छ ।
यता सशस्त्र प्रहरी निरीक्षक इश्वर अधिकारीलाइ दिएको रकम फिर्ता गर्नु पर्ने भन्दै तस्करहरू रातिमै गेटको अगाडी धर्नामा बसेका थिए । छानबिनमा सशस्त्र प्रहरी निरीक्षक दोषी देखिएपनी कारवाहीको नीति संगठनको रहेपनी आफुले पैसा दिएको फिर्ता गर्नु पर्ने माङ्ग गर्दै यस अनलाइनलाइ गुहारेका छन । यस बिषयमा सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका सङ्ग बुझन खोज्दा उहाँ सम्पर्कमा आउन चाहेन्न । कसरी हुन्छ सीमाबाट हुने अबैध क्रियाकलाप ?सीमा नाकाको प्रमुख जिम्मेवारी पाएका सशस्त्र प्रहरीले चाहे सीमाबाट हुने अबैध क्रियाकलाप सुरू हुने गरेको यस घटनाले प्रमानित गरेको छ । बिगत लामो समयदेखी बन्द रहेको तस्करी कार्य सशस्त्र प्रहरी निरीक्षक आफ्नो संगठनको सबै जिम्मेवारी लिएर खोलिएको बारे पटक पटक समाचार आएपनी हालसम्म बोर्डर आउट पोस्टमै राखिएको र केही कारवाही नभएको देखिन्छ । प्रहरीले चाहे तस्करीको लाइन खुल्ने र बन्द हुने गरेको यस घटनाले प्रमानित गरेको छ । तस्कर संगठनले आफू सङ्ग सशस्त्र प्रहरी निरीक्षकले लिएको १० लाख फिर्ता गर्ने हो कि होइन भन्दै सम्बन्धित निकायमा धाइरहदा कुनै किसिमको सुनवाइ नभएको बताइन्छ ।
तस्कर सङ्ग सशस्त्र प्रहरी निरीक्षक रकम लिएको बारे खुलासा, कारवाही प्रक्रिया अगाडी बढाउने
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
20 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
