कमल साह, जनकपुरधाम
जनकपुरधाम, जेष्ठ २८ गते । जनकपुरधामको मुटु स्थल शिवचौकमा संचालित हलवाई समाज सेवा समिति अतिखेर विधान विपरित चल्दै आएको आरोप संरक्षक समिति लगाउँदै छन ।
समाजका अध्यक्ष उमेश साह लगायतका पदाधिकारीले हलवाई समाज सेवा समितिले आर्थिक कारोबारमा चलखेल गरिरहेको आरोप साधारण सदस्यहरुले समेत लगाउंदै छन ।
हलवाई समाज सेवा समितिका संरक्षक समिति अध्यक्ष सत्यनाराण साह भन्नुहुन्छ, हलवाई समाज सेवा समितिका पदाधिकारी यतिखेर विधान विपरित चलिरहेको ले हामी लिकमा ल्याउने प्रयासमा रहेका छौ ।
उहाँ सेवा समितिको कार्यकाल दुईवर्षे भएपनि दुई वर्ष नौ महिना बित्न गएको ले कार्यसमिति विधान विपरित जान लागेको आरोप लगाउनु हुन्छ । विधान अनुसार हलवाई समाज सेवा समिति को कार्यकारी समितिले प्रत्येक वर्ष असोज महिनामा वार्षिक साधारण सभा गर्नुपर्ने र प्रत्येक दुई वर्षमा निर्वाचन गराउनुपर्ने रहेके छ । तर, हलवाई समाज सेवा समितिका वर्तमान अध्यक्ष उमेश साह को कार्यकाल दुई वर्ष नाघेर नौ महिना वित्न गएको भएपनि निर्वाचन के पहिलो साधारण सभा पनि गराएको छैनन् आरोप लगाउँदै छन ।
वर्तमान कार्यसमितिले हलवाई सेवा समितिका निवर्तमान अध्यक्ष महेन्द्र साहले १० वर्षसम्म चलाउँदा केहि नहुने र हामी तीन वर्षमा जाँदा किन आवाज उठ्नलागेको भन्दैछन ।
यता,हलवाई समाजका अध्यक्ष विधान विपरित कार्य चलाईरहेको गुनासो थुप्रै आई रहेको हुनाले हामी समाजका सम्पुर्ण कागजातहरु आफ्नो हातमा लिएर निर्वाचन गराउन चाहिरहेको संरक्षक समितिका अध्यक्ष सत्यनाराण साह बताउनु हुन्छ ।
वर्तमान अध्यक्ष उमेश साह आफ्नो कार्यकाल विताई सकेको भएपनि एउटा पनि साधारण सभा गर्न नसकेको नै उहाँको कमजोरी हो संरक्षक संमितिका आजिवन अध्यक्ष साह ले आरोप लगाउनु हुन्छ ।
जनकपुरधामको मुटु स्थलमा संचालित हलवाई समाज सेवा समितिमा यतिखेर प्रति महिना झण्डै एक लाख ५० हजार रुपियाँ पसल कवलको भाडा वापत रकम असुल भई रहेको छ । तर, त्यो रकमहरु बैंक दाखिला समेत नहुने गरेको आरोप संरक्षक समिति अध्यक्ष साह को रहेछन ।
हलवाई समाज सेवा समिति स्थापना कार्यकालमा सत्यनारायण साहले जमिन उपलब्ध गराई दिनु भएको ले स्वजातिहरुले उहाँलाई आजिबन संरक्षक समितिको अध्यक्ष पदमा रहने गरी बिधान बनाई दिएका हुन । उनिहरुले यति मात्र होईन कि े उनको शेषपछि उनकै परिवारका व्यक्तिनै आजिबन संरक्षक समिति अध्यक्ष हुने विधानमा प्राब्धान बनाई दिएका हुन । तर, संरक्षक समितिका अध्यक्ष साह ले विधान प्रतिलिपी मांग्न जाँदा समेत वर्तमान कार्यसमितिका अध्यक्ष उमेश साह ले उपलब्ध नगराई दिएको भनि दुःख व्यक्त उहाँले गर्नुभयो ।
उहाँका अनुसार हलवाई समाज सेवा समितिका अध्यक्ष उमेश साहले आफ्नो कार्यकाल चलाउन नसक्दा नैतिकताको अधारमा सम्पूर्ण हरहिसाब संरक्षक समितिमा बुझाई दिनुपर्ने थियो । तर, त्यो नगरेर कार्यकाल बढाउन तर्फ लागेका छन ।
उहाँ भन्छन, वर्तमान कार्यकारणी समितिले विधान विपरीत भएकोले सम्पूर्ण कागजात जम्मा गर्न हामी भन्दै आएको छौं । हालसम्म कुनै कागजातहरु उपलब्ध गराउन नमानेको हुनाले बन्दा बन्दी पछि हामी कानुनी प्रक्रियाबाट अगाडी बढने उहाँ थप्छन ।
हलवाई समाज विधान विपरीत चल्दै –संरक्षक साह
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
20 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
