कमल साह, जनकपुरधाम
जनकपुरधाम, जेष्ठ ६ गते । धनुषाका वरिष्ठ पत्रकार दिलिप घिमिरेको २०७८ जेठ ५ गते बुधबार विहान निधन भएको छ। ६३ वर्षीय पत्रकार घिमिरेको क्यान्सर रोगका कारण काठमाण्डौमा निधन भएको हो ।
प्रदेश २ को हतिसर्वा महोत्तरिमा २०१४ जेठ १४ गते माता शोभा देवि र पिता छबिन्द्र घिमिरेको कोखबाट जेठो सन्तानको रुपमा जन्म लिनुभएका घिमिरेले २०३२÷३३ सालबाट जनकपुरधामबाट पत्रकारिता आरम्भ गर्नुभयो। त्यो बेला उहांले जनकपुरबाट कुलदिपप्रसाद कुमुदको प्रकाशन÷ सम्पादन्को ज्योति साप्ताहिक र काठ्माण्डौबाट प्रकशित हुने मातृभि र समिक्षा साप्ताहिकबाट पत्रकारिता आरम्भ गर्नु भएको हो। पछि उहाँले २०३८ सालबाट आफ्नै प्रकाशन÷ सम्पादनमा “हिमज्योति साप्ताहिक“ प्रकाशनमा ल्याउनुभयो। जसको प्रकाशन अहिलेसम्म निरन्तर जारी छ ।
वरिष्ठ पत्रकार घिमिरे बाम विचारधाराको हुन्हुन्थ्यो भने पञ्चायति ब्यवस्थाको घोर बिरोधि पनि। पञ्चायत ब्यवस्थाको बिरोधमा उहांले लेखेको समाचार समिक्षा÷ मातृभूमि साप्ताहिकमा प्रकाशित भएपछि २०३५ सालमा पञ्चे शाषकले पक्राउ गरेर राजकाज मुद्धा चलायो उहांलाई मार्नेसम्मको योजना बनायो तर, उहाँ धन्न मृत्युको मुखबाट बाँचेर आउनुभयो । २०४६ सालमा प्रजातन्त्रको पुनर्वाहालिको लागि भएको आन्दोलनमा घिमिरे गान्धिवादि नेता महेन्द्रनारायण निधि, काँग्रेसकि नेतृ लिला कोईरालासंगै थुनामा पर्नु भयो । प्रजातन्त्रका लागि उहाँको योगदानलाई सम्मान गर्दै नेपालका अन्तरिम सरकारका प्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईलेसमेत घिमिरेलाई सम्मानित गर्नुभएको थियो । ३० वर्षभन्दा बढि पत्रकारिता गरेको भन्दै नेपाल पत्रकार महासंघ धनुषालेसमेत उहाँलाई सम्मान गरिसकेको छ ।
वरिष्ठ पत्रकार दिलिप घिमिरेको निधन
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
21 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
