निरंजन साह, जनकपुरधाम
जनकपुरधाम, जेष्ठ २ गते । प्रदेश नम्बर दुई का मुख्यमन्त्री लालबाबु राउत सहितको टोलीले धनुषामा रहेको जानकी मेडिकल कलेजद्वारा संचालित कोभिड स्पतालको निरीक्षण गरेको छ ।
आइतबार जानकी मेडिकल कलेज रमदैया पुगेको टोलीले अस्पताल व्यवस्थापक संग अस्पतालमा रहेका संक्रमितहरुको अवस्था र उपचारमा भै रहेको समस्या बारे जानकारी लिए ।
सो क्रममा जानकी मेडिकल कलेजका व्यवस्थापन पक्षले अक्सीजनको कोटा बढाई दिन मांग गरेका थियो, भने टोलीले आजै बाट अक्सीजनको कोटा बढाइ दिने र आउदो शनिवार बाट चाहे जति अक्सीजन उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
हाल ६० बेड कोरोना संक्रमितको लागी संचालन गरि रहेको जानकी मेडिकल कलेजलाई मुख्यमन्त्री राउतले बेड बढाउन आग्रह समेत गरे ।
यता प्रदेश सरकारले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको मनिपालको खाली भवनमा निर्माण गरि रहेको अस्थायी कोभिड अस्पतालको समेत मुख्यमन्त्री राउत सहितको टोलीले निरीक्षण गरेका छन ।
युद्ध स्तरमा निर्माणधिन उक्त अस्पतालको काम समयमै सक्न मुख्यमन्त्री राउतले निर्देशन समेत दिनु भएको हो। निरीक्षणको क्रममा मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सिनियर डिभिजनल इन्जिनियर भगवान झाले जेठ १५ अगाबै अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गरिने प्रतिबद्धता समेत जनाए ।
अनुगमनमा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादव, प्रमुख सचिव गोकर्णमणि दुवाडी, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, नेपाल प्रहरीका डिआइजी धिरज प्रताप सिंह र धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला सहितको टोली लिएर मुख्यमन्त्री राउतले स्थलगत निरीक्षण अनुगमन गरेका हुन् ।
धनुषाको विभिन्न संचालित कोभिड स्पतालमा मुख्यमन्त्री राउत द्वारा निरीक्षण
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
21 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
