रंजित चौरसिया, वीरगंज,
वीरगंज बैशाख ३० गते ।
नागरिकलाई पाठः
लकडाउनको सुरूआततिर अन्यत्रझैं नेपालमा पनि कोरोना त्रास अधिक थियो। मानिस भाइरससित यति डराए कि प्रहरी नपुग्ने गाउँ–गाउँमा पनि बाटोमा खासै कोही निस्केनन्। बारम्बार थपिएको लकडाउनमा धैर्यको बाँध टुट्दै गयो। धेरै मानिसलाई हातमुख जोड्न कठिन हुँदै गयो। अनि योसँगै मानिस डरलाई जितेर बाहिर निस्कँदै गए।
सरकारले विधिवत् रूपमा लकडाउन खुकुलो पारेयताको अवधिमा हामी सबैले सर्वाधिक सावधानी अपनाउनु पर्ने थियो।
अर्कोतिर लकडाउनका सुरूआती दिनमा कोरोनालाई हामीले जति गम्भीरताका साथ लिन्थ्यौं, त्यो गम्भीरता अहिले सबभन्दा बढी आवश्यक छ। अनावश्यक घुलमिल नगर्नेदेखि बारम्बार हात धुने, जथाभावी सतहहरू नछुने, गुम्सिएको कोठामा नबस्ने लगायत उपाय अहिले सबभन्दा बढी आवश्यक छन्।
तर नेपालमा अवस्था कतिसम्म लथालिंग भएको छ भने, मानिसहरूले पचासौंको भीड जम्मा गरेर बिहेभोज दिन थालिसकेका छन्। मास्कले नाक नछोपी च्युँडोमा लगाउने, रेस्टुरेन्टमा जम्मा भएर खानपिन गर्ने अनि नगर्दा काम चल्ने भेटघाट गर्नेको संख्या बढ्दो छ ।
व्यस्त बजार पुग्दा कतै हामी कोरोना सुरू हुनु अगाडिको समयमा फर्क्यौं कि भन्ने भान हुन थालेको छ। अत्यावश्यक किनबेचमा पनि लकडाउन बेला अनेक सावधानी अपनाउने पसले र ग्राहक दुवैले बिस्तारै सावधानी हटाउँदै जान थालेका छन्। स्कुल–कलेज र सार्वजनिक यातायात बन्द हुनुबाहेक भाइरस रोक्न अरू निकै कम सावधानी अपनाइएको छ।
सरकारलाई पाठः
’राम्रो हुने आश गर, तर नराम्रो अवस्थाका लागि तयार होऊ’ भन्ने एउटा भनाइ छ। हामी सबैको दैनिक जीवनमा यो लागू हुन्छ। तर यस्तो संकट बेला जब सरकार राम्रो अवस्थाका लागि मात्रै तयार भएर बस्छ र आधारहीन आश मात्रै बाँड्छ, तब समाजका लागि खतराको घन्टी बज्छ।
विडम्बना के भने, हामी अहिले त्यो खतराको घन्टी सुनिरहेका छैनौं। मानिसको जीवन–मरण जोडिएको विषयमा प्रधानमन्त्री मजाक गर्छन्, हामी गलल्ल हाँस्छौं। अर्को भाषणमा उनले त्यो मजाकको बचाउ गर्छन्, हामी फेरि हाँस्छौं। राज्यको अकर्मण्यता र भद्रगोल व्यवस्थापन र अराजनीतिक गतिविधि, कुर्सी घिन्न लाग्दो खेलको कारण एकपछि अर्को अनाहक मृत्युको समाचार आउँदा त्यो कोरा तथ्यांकमै सीमित हुन्छ। पीडित, मृतक र आफन्तको पीडा हामी आम नागरिकले आत्मसात् गर्न सकेका छैनौं। समाचार पढेर भावुक भए पनि त्यसका लागि राज्यलाई उत्तरदायी बनाउन केही गरिरहेका छैनौं ।
संक्रमण फैलिएसँगै त्योभन्दा द्रुत गतिमा बढ्नुपर्ने कोरोना परीक्षण बर्षोदेखि उस्तै छ। कति प्रयोगशालामा हप्तौंदेखि परीक्षण हुन नसकेका स्वाबको चाङ लागेको छ। परीक्षण नतिजा समयमा नआउँदा क्वारेन्टाइनमा हुने मानिस र तिनका आफन्त अन्योलमा छन्। अस्पतालमा अरू कारणले मर्नेदेखि अ‘ाक्सीजन आपूर्तिका कारण मर्ने गरेका समाचार आइरहेका छन्। तर हाम्रा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्राथमिकता प्रधानमन्त्रीको हास्यचेत वा सत्तारुढ दलमा चलेको सत्ताको छिनाझप्टीतिर छ ।
हामी नागरिक र सरकार एकै खालको बौद्धिक आलस्य र अदुरदृष्टिको अन्धयात्रामा हिँडिरहँदा केही युवाले लकडाउन खुकुलो भएलगत्तै राज्यलाई जिम्मेवार बनाउन हरसम्भव प्रयास गरिरहेका छ। सुरूमा देशभर स्वतःस्फुर्त युवाहरू सडक प्रदर्शनमा उत्रिएपछि अत्तालिएको सरकार उनीहरूका माग सुनुवाइ गर्दै आफ्नो कर्तव्य पूरा गर्नुको सट्टा महामारीका कारण मानिसले भोग्नुपरेको मृत्यु, पीडा र क्षति नै न्युन पुष्टि गर्ने प्रयासमा लागेको छ ।
महामारी नियन्त्रणका लागि गरिएको खरिदमा पटकपटक अर्बौं भ्रष्टाचार र अनियमितता भएका समाचार प्रमाणसहित आउँदा पनि त्यसमा संलग्न कसैलाई सरकारले दण्डित गरेको छैन, उल्टै पुरस्कृत गरेको छ ।
यसरी एकतिर महामारी नियन्त्रणका लागि नभई नहुने सैद्धान्तिक प्रष्टता र जिम्मेवारीबोध सरकारमा छैन। (बेसार र तातो पानीले नै ठीक भइहाल्ने रोगका लागि किन पिसिआर र आइसियु उपचारको झन्झट गर्ने?) अर्कोतिर वडा तहदेखि बालुवाटारसम्म जवाफदेहिता शून्य छ। देशको अर्थतन्त्र अभूतपूर्व संकटमा परेका बेला विरल स्रोतसाधन दुरुपयोग र भ्रष्टाचार नियमित भइसकेका छन् ।
यस्तो दण्डहीनता अचाक्ली भएर सरकारले आफ्ना माग पूरै बेवास्ता गरेपछि अहिले केही युवा अनशनजस्तो शान्तिपूर्ण प्रदर्शनको सबैभन्दा गम्भीर अस्त्र प्रयोग गर्न बाध्य छन्। तिनको स्वास्थ्यमा गम्भीर समस्या आएर अस्पताल भर्ना हुने अवस्था आइसकेको छ। तर त्यसले न सरकारलाई पिरोलेको छ, न हामी नागरिकलाई ।
समाजका रूपमा कोरोनाविरुद्धको लडाइँ जित्नु छ भने अझै पनि गम्भीर बनौं। अवस्थाको गम्भीरतालाई आत्मसात् गरौं। हामी नागरिक जिम्मेवार बनौं र सरकारलाई पनि जिम्मेवार बनाऔं ।
’राम्रो हुने आश गर, तर नराम्रो अवस्थाका लागि तयार होऊ’ः युवा नेता कुशवाहा
6 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
22 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
