हेटौंडा । प्रदेश सरकारको उद्योग र वाणिज्य नीतिका सन्दर्भमा नेपाल उद्योग वाणिज्य महासंघको बागमती प्रदेश समितिले बागमति प्रदेश सरकारसँग अन्तरक्रिया गरको छ ।

प्रदेश सरकारको उद्योग र वाणिज्य नीति कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा प्रदेश भित्रका सबै जिल्लाबाट सहभागी भएका व्यवसायीहरुले आ आफ्ना धारणा राखेका थिए । बागमती प्रदेश सरकारकी उद्योग, वणिज्य तथा भूमी प्रशासनमन्त्री सुकुमाया तामाङको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा १३ वटा जिल्ला उद्योग बाणिज्य संघ १७ बटा नगर उद्योग बाणिज्य संघ  वस्तुगत र एशोसियट संघबाट उद्यमी व्यवसायीहरु सहभागी भएका थिए ।

छलफलका क्रममा उद्योगी व्यवसायीहरुले प्रदेशको उत्पादन, रोजगारी, वस्तु मूल्य अभिवृद्धि गर्ने लगायतका कुरामा आवश्यक नीति तय गरेर प्रदेश सरकार अघि बढ्नुपर्ने धारणा राखेका छन् । २ दिने अन्तरकृयाबाट आगामी बजेटमा उद्योगी व्यवसायीबाट आएका सुझावलाइ कार्यान्वयमा लैंजान समेत माग गरिएको छ ।

मन्त्रालयका सचिव हेमराज भुषालको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठ लगाएतको सहभागीता रहेको थियो ।